LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दिनेश खनाल सैनामैना
टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

यसअघि दुवैले खेलेका २–२ खेलमा एक जित र एक हार बेहोरेका छन् । बङग्लादेशले श्रीलङ्कालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।

समुह डीबाट दक्षिण अफ्रिकाले ३ खेलमा तीनवटै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलङ्काले ३ खेलमा २ हार र एक नेपालसँगको खेल वर्षाले रद्द भएपछि एक अङ्क हासिल गरेको छ । श्रीलङ्काको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय