LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैना ४ सिसौडाँडा शान्तिटोलमा पैरवी आमा समुहले निर्माण गरेको भवनको एक समारोहका बीच उट्घाटन गर्नुभएको छ ।
भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले पैरवी आमा समूहले बडो मेहनतका साथ रकम संकलन गरेर भवन निर्माण गरेकोमा पैरवी आमा समूहलाई बधाई दिनुभयो । उहाँले गाउँघरमा आवश्यक पर्ने र भेटघाट गर्ने थलोको रुपमा आमा समूहले बनाएको भवनबाट अन्यायमा परेका गरिव, दिनदुःखीहरुलाई न्याय दिने तथा महिला भएको नाताले विभिन्न किसिमका घटनामा पीडित भएका लगायत धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले आमा समूहले भेला हुने थलो बनाएको र यो सवैको चौतारी बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

भवन उदघाटन समारोहमा सैनामैना नगरपालिका वार्ड न. ४ का वार्ड अध्यक्ष रामप्रसाद अधिकारी लगायत सोही वार्डका जनप्रतिनिधि, विभिन्न संघ सस्थाका अतिथि तथा बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो ।

सोही अवसरमा पैरवी आमा समूहकी अध्यक्ष सिता जिसीले स्वर्गीय लालबहादुर सुबदार र नुमकला भुसालले समूह जन्माउन निकै ठूलो भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले समूहको भवन उदघाटन भएकोमा आफूहरु धेरै खुुसी रहेको बताउँदै स्वर्गीय लालबहादुर सुबदार र नुमकला भुसालले देखाएको बाटोमा सधै अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष जिसीले संस्था जन्माउन ठूलो परिश्रम गरेको र ५ जना दिदी बहिनीले सुरु गरेको यो समूहमा अहिले ७० जना बढी सदस्य पुगेको बताउनुभयो ।

सोही समारोहमा माल्दिभ्समा हालै सम्पन्न १४ औं दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स प्रतियोगितामा रजत पदक बिजेता अन्तर्राष्ट्रिय खेलाडी कृष्णप्रसाद श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । त्यसैगरी २१ जना वृद्ध बृद्धा आमाबुवालाई सम्मानसंगै आमा समूहको भवन निर्माणका क्रममा आर्थिक तथा समुहलाई आवश्यक जिन्सी सहयोग गर्नुहुने ८८ जना सहयोगदाताहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । उक्त भवन बनाउन सांसद विकास पूर्वाधार कोषबाट १० लाख, शहरी विकास तथा खानेपानी मन्त्रालयबाट १० लाख, सैनामैना नगरपालिकाबाट १ लाख लगायत स्थानीय समाजसेवी र सहयोगदाताहरुबाट सहयोग प्राप्त भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय