LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाली कांग्रेस सैनामैना नगरसमिति रुपन्देहीले शुक्रवार विहान सैनामैना ४ रन्यौरा निवासी चन्द्रकला उपाध्यायको निधनमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

गत जेठ ३१ गते देहावसान हुनुभएकी ८२ बर्षीया चन्द्रकला उपाध्याय सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा सहित ११ जना छोरा तथा चारजना छोरीहरुको आमा हुनुहुन्थ्यो । शुक्रबार नवौ दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले स्वर्गीय चन्द्रकला उपाध्यायले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको बताउनु भयो । उहाँले आफ्ना सन्तानलाई पढाई लेखाई गराएर योग्य र सक्षम परिवार वनाउन योगदान दिनुभएको बताउँदै आमा चन्द्रकलाकै योगदानका कारण छोराहरु राज्यको महत्वपूर्ण स्थानमा पुग्न सफल भएको बताउनु भयो । नेता शाहले उपाध्यायको निधनले परिवारले मात्रै होइन नेपालले असल आमा गुमाएको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले जन्मपछि मृत्यु शास्वत सत्य हो भन्दै स्वर्गीय आमा चन्द्रकला उपाध्यायप्रति श्रद्धाञ्जली प्रकट गर्नुभयो ।

नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनालको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा कांग्रेसका युवा नेता प्रजापाल गिरीले पनि बोल्नुभएको थियो भने कांग्रेस सैनामैना उपसभापति लक्ष्मी आचार्य पौडेलले स्वर्गीय चन्द्रकला पौडेलको जीवनी प्रस्तुत गर्नुभएको थियो । यसैगरी जिल्ला समन्वय समिति रुपन्देहीले पनि शुक्रबार स्वर्गीय चन्द्रकला उपाध्यायको नवाँै दिनको पुण्यतिथिमा श्रद्धाञ्जली तथा शोक सभाको आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय