LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका रुपन्देहीभित्र रहेका विभिन्न प्रकृतिका अपांग भएका ब्यक्तिहरुका लागि सहायक सामाग्री बितरण गरिएको छ ।
अपांग सशक्तीकरण एबं सञ्चार केन्द्र बाँके र सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल दृष्टिविहीन उत्थान संघ रुपन्देही तथा अपांग पुनस्र्थापना केन्द्र रुपन्देहीको आयोजनामा ट्राईसाइकल, हिवलचियर, टवाईलेट चेयर, स्टेण्डिङ फ्रेम, स्टीक र वाकर वितरण गरिएको हो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले हिवलचियर बितरण गरेको ग¥यै गर्ने तर त्यो अहिले कस्तो अवस्थामा छ, प्रयोगमा आएको छ कि छैन भन्ने बिषयमा समेत अव अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले बितरण गरिएका अपांग सामाग्रीहरु एकले प्रयोग गरेपछि अर्कोले प्रयोग गर्न मिल्ने बताउँदै ती सामाग्री विग्रिएको अवस्थामा मर्मत गरेर पनि प्रयोग गर्न सकिने भएकोले बढी भन्दा बढी उपयोग हुने गरि अवको दिनमा बितरण गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देबीदत्त आचार्यले अपांगता भएका ब्यक्तिहरुलागि स्थानीय तहहरुले सर्जीकल सामाग्रीहरु बिना नापजाँच वितरण गरिरहेको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डमा अपांगता भएका ब्यक्तिहरुलाई नापजाँच बिना सहायक सामाग्री बिना नापजाँच उपलब्ध गराउन हुँदैन भनेपनि स्थानीय तहले त्यसको पालना नगरेको बताउनु भयो ।

नेपाल दृष्टिबिहीन उत्थान संघ रुपन्देहीका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल र सैनामैना नगरपालिका महिला शाखा प्रमुख तुलसा ज्ञवालीले पनि बोल्नुभएको थियो । रुपनदेही अपांग पुनस्र्थापना केन्द्रकी अध्यक्ष सुबी गुरुङको स्वागतमा भएको कार्यक्रमको संचालन शंकर रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय