LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले सैनामैना ४ सिसौडाँडा शान्तिटोलमा पैरवी आमा समुहले निर्माण गरेको भवनको एक समारोहका बीच उट्घाटन गर्नुभएको छ ।

भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले पैरवी आमा समूहले बडो मेहनतका साथ रकम संकलन गरेर भवन निर्माण गरेकोमा पैरवी आमा समूहलाई बधाई दिनुभयो । उहाँले गाउँघरमा आवश्यक पर्ने र भेटघाट गर्ने थलोको रुपमा आमा समूहले बनाएको भवनबाट अन्यायमा परेका गरिव, दिनदुःखीहरुलाई न्याय दिने तथा महिला भएको नाताले विभिन्न किसिमका घटनामा पीडित भएका लगायत धेरै समस्या समाधान गर्न सकिन्छ भन्ने उद्देश्यले आमा समूहले भेला हुने थलो बनाएको र यो सवैको चौतारी बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

भवन उदघाटन समारोहमा सैनामैना नगरपालिका वार्ड न। ४ का वार्ड अध्यक्ष रामप्रसाद अधिकारी लगायत सोही वार्डका जनप्रतिनिधि, विभिन्न संघ सस्थाका अतिथि तथा बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा पैरवी आमा समूहकी अध्यक्ष सिता जिसीले स्वर्गीय लालबहादुर सुबदार र नुमकला भुसालले समूह जन्माउन निकै ठूलो भूमिका निर्वाह गरेको स्मरण गर्दै स्वर्गीय महाशर्मा भण्डारी र मुक्तिनाथ पौडेलले समुह प्रति गरेको योगदानको उच्च सम्मान ब्यक्त गर्नुभएको थियो । उहाँले समूहको भवन उदघाटन भएकोमा आफूहरु धेरै खुुसी रहेको बताउँदै स्वर्गीय लालबहादुर सुबदार, नुमकला भुसाल, स्वर्गीय महाशर्मा भण्डारी र मुक्तिनाथ पौडेल ले देखाएको बाटोमा सधै अघि बढ्ने प्रतिवद्धता जनाउदै सबैको योगदानले गर्दा भवन बनाउन सफल भएको बताउनु भएको थियो अध्यक्ष जिसीले समुह जन्माउन ठूलो परिश्रम गरेको र ५ जना दिदी बहिनीले सुरु गरेको यो समूहमा अहिले ७० जना बढी सदस्य पुगेको बताउनुभयो ।

सोही समारोहमा माल्दिभ्समा हालै सम्पन्न १४ औं दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स प्रतियोगितामा रजत पदक बिजेता अन्तर्राष्ट्रिय खेलाडी कृष्णप्रसाद श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद तथा सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यसैगरी २१ जना वृद्ध बृद्धा आमाबुवालाई सम्मानसंगै आमा समूहको भवन निर्माणका क्रममा आर्थिक तथा समुहलाई आवश्यक जिन्सी सहयोग गर्नुहुने ८८ जना सहयोगदाताहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
उक्त भवन बनाउन सांसद विकास पूर्वाधार कोषबाट १० लाख, शहरी विकास तथा खानेपानी मन्त्रालयबाट १० लाख, सैनामैना नगरपालिकाबाट १ लाख लगायत स्थानीय समाजसेवी र सहयोगदाताहरुबाट सहयोग प्राप्त भएको हो ।
कार्यक्रममा समूहकी उपाध्यक्ष्य बसन्ता अर्याल ले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन समुहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय