LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि कुल १ अर्ब १० करोड १२ लाख ७२ हजारको बजेट प्रस्तुत गरेको छ । सैनामैना नगरपालिका उपप्रमुख विना रानाले चालू तर्फ ४६ दशमलब ६० प्रतिशत अर्थात कुल बजेटको ५१ करोड ३२ लाख ५० हजार ५ सय र पँुजीगत तर्फ ५३ दशमलब ४० प्रतिशत अर्थात कूल बजेटको ५८ करोड ८० लाख २१ हजार ५ सयको बजेट सोमबार नगर सभामा प्रस्तुत गर्नुभयो ।
सैनामैना नगरपालिकाको बजेट चालू आर्थिक बर्ष २०८०÷०८१ को भन्दा करिव ४० लाखले कम छ ।
सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ लागि १ अर्ब १० करोड ५२ लाख ६८ हजार ७ सय ७४ रुपैयाको बजेट प्रस्तुत गरेको थियो ।
उक्त बजेट पनि अघिल्लो आर्थिक बर्षको भन्दा करिब ११ करोड रुपैयाले कम थियो ।
उपप्रमुख विना रानाले प्रस्तुत गर्नुभएको बजेटमा पूर्वाधार विकास, कृषि, र अधुरा आयोजना सम्पन्न गर्ने अभियानसहित पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
सैनामैना समृद्धिको आधारः उत्पादन, पर्यटन र पूर्वाधार भन्ने नारालाई पूरा गर्न नगरभित्र सञ्चालित बहुवर्षीय तथा अधुरा योजनाहरुमा लगानी बृद्धि गरी समग्र पूर्वाधार विकासमा जोड दिने, लागत साझेदारीमा योजना सञ्चालनलाई प्राथमिकता दिने, सामाजिक तथा आर्थिक विकासलाई जोड दिने, व्यवस्थित वसोवासी र भूमिहीन सुकुम्वासी जग्गा नापजाँच गरी जग्गाको स्वामित्व ग्रहण गराउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउदै सुशासन र सुरक्षाको प्रत्याभूति दिलाउने, नगरपालिका अन्तरगत वसोवास गर्ने आदिवासी थारु समुदायको वसोवास क्षेत्र व्यवस्थित गर्ने, निर्वाहमुखी कृषि खेती प्रणालीलाई व्यवसायिक खेती प्रणाली तर्फ उन्मुख हुन प्रेरित गर्ने, नगरभित्र उत्पादन बृद्धि गर्न उत्पादनमा अनुदान दिने व्यवस्था मिलाउने, बातावरण सन्तुलन कायम राख्न विपद प्रतिकार्यका कार्यक्रम सञ्चालन गर्ने, नगरभित्र बसोवास गर्ने बिभिन्न जातजातीको भाषा संस्कृति र भेषभुसाको संरक्षण गर्ने र जनतालाई स्थानीय सरकारको अनुभूति गराउने गरि बजेटमा प्राथमिकता दिइएको छ ।
बजेटमा बेरोजगार युवालाई रोजगारीमा जोड्ने गरि बजेटमा प्राथमिकता दिईएको छ । त्यसैगरी सदियौदेखि बसोवास गर्दै आएका आदिवासी थारु सामुदायहरुको पहिचान, सँस्कति र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ ढल निकास र टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँ कार्यक्रमलाई १ करोड बजेट बिनियोजन गरिएको छ ।

सैनामैनालाई कृषि हबको रुपमा विकास गर्ने, मुर्गिया हाटबजारमा थप पूर्वाधार निर्माण गर्ने, दुध र मासु उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिने, छाडा चौपाया व्यवस्थापन गर्न समेत बजेट विनियोजन गरिएको छ । कोखदेखि शोकसम्म नगर सरकार भन्ने नीतिलाई अवलम्वन गर्दै स्वास्थ्य सस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन गर्न तथा सुत्केरी र नवजात शिशु स्वास्थ्य, पोषण र सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी एसियाली विकास बैंकको सहयोगमा संघीय सरकारको अनुदान, नगर बिकास कोषको ऋण सहयोग र नगरपालिकाको साझेदारीमा नगरको गौरव योजनाको रुपमा रहेको बहुबर्षिय स्वीकृत योजना अन्तरगत सैनामैना चक्रपथको सालझण्डी सडकखण्ड र उक्त सडकसँग जोडिएका पहुँच मार्ग निर्माणको लागि ३१ करोड ७९ लाख २८ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय