LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

साउन देखि लागू हुनेगरि सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य परिचयपत्रको व्यवस्था लागू गरिएपछि परिचयपत्र बनाउने बृद्धबृद्धालाई सहज होस भन्ने उद्देश्यले रुपन्देहीको सैनामैनाको वडा नं. ११ बाट परिचयपत्र शिबिर सुरु भएको छ ।
सैनामैनाको वडा नं. ११ मा बुधबार र विहिवार घुम्ती शिविर आयोजना गरिएको हो । घुम्ति शिविरमा सेवाग्राही बृद्धबृद्धा तथा शारीरिक रुपमा असक्तहरुको लामो लाईन थियो ।

सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले बृद्धबृद्धा, शारीरिकरुपमा असक्त तथा बिभिन्न दिर्घरोगी बिरामीहरुका लागि सामाजिक सुरक्षा भत्ता तथा सरकारले दिने सेवा सुविधा लिन अनिवार्य राष्ट्रिय परिचयपत्र लागू गरिएपछि सैनामैना वडा नं. ११ का सेवाग्राहीलाई सहजताका लागि बुधबार र बिहिबार घुम्ती शिबीर आयोजना गरिएको बताउनु भयो ।

७० बर्ष काटेका बृद्धबृद्धा तथा असक्तहरुले इलाका प्रशासन कार्यालय बुटवलमा गएर राष्ट्रिय परिचयपत्र बनाउन निकै सास्ती पाएको धेरै गुनासो आएपछि सेवाग्राहीको सहजताका लागि सैनामैनाका वडाहरुबाटै घुम्तिी शिविर आयोजना गरिएको हो । यसले बृद्धबृद्धा तथा शारिरीक रुपमा असक्त तथा दिर्घरोगीहरुलाई राष्ट्रिय परिचयपत्र लिन सहजीकरण गरिएको वडा अध्यक्ष भुसालले बताउनुभयो ।

सैनामैनाका ११ वटै वडामा राष्ट्रिय परिचयपत्रको लागि घुम्ती शिवीर आयोजना गरिने भएको छ । बुधबार र विहीबार सैनामैना ११ बाट सुरु भएको शिविर असार २७ र २८ गते वडा नं. १ मा संचालन भएपछि सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय