रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ मा रहेको रामापुर रिभाईभल ईंग्लिश बोर्डिङ स्कूलले हरेक शुक्रवार गर्दै आएको बुक फ्रि फ्राईडे कार्यक्रम अन्तरगत शुक्रबार भजन प्रतियोगिताको आयोजना गरेको छ ।
रामापुर रिभाईभलले गत बर्षदेखि नै हरेक शुक्रवारलाई बुक फ्रि फ्राईडे कार्यक्रम अन्तरगत विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
स्कुलले हाम्रो सस्कृती हाम्रो पहिचान, भाबी पुस्ताका लागी समृद्ध सम्पदाको संरक्षण भन्ने नाराका साथ आध्यात्मिक शिक्षा र जागरण बढाउने उद्देश्य समेत राखेर भजन प्रतियोगिता आयोजना गरिएको जनाएको हो ।
शुक्रवार स्कुलले विद्यार्थीहरुका बीच भजन प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरुलाई धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागृत गराउने प्रयास गरेको जनाएको हो ।
भजन प्रतियोगितामा प्रथम हुन सफल ग्रीन हाउस र द्वितीय स्थान हासिल गर्न सफल ह्वाइट हाउसका बिद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल वितरण गरिएको थियो







