रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ ले वडाको समानुपातिक बिकासका लागि बिभिन्न क्षेत्रबाट योगदान पु¥याउने टोल बिकास संस्थाका पदाधिकारी तथा पूर्व पदाधिकारी, आमा समूहका अध्यक्ष, समाजसेवी, युवा क्लव, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मन गरेको छ ।
धान दिवसको बिशेष अवसर पारेर समाजमा योगदान पु¥याउने बिभिन्न ब्यक्ति तथा महानुभावहरुलाई सम्मान गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले वडाले गरेको सम्मानलाई पालिकाको समुचित बिकास, सभ्य समाज निर्माण र असल सुशासनका लागि अझ थप जिम्मेवार बनाउने बताउनु भयो।



समाजमा फरक फरक क्षेत्रबाट फरक फरक अनुभव र समन्वयकारी भुमिका निर्वाह गर्ने समाजका अगुवाहरुलाई ८ नं. वडाले गरेको सम्मान सराहनिय रहेको अध्यक्ष पौडेलले बताउनु भयो।
यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले समाज बिकासको गति एकल प्रयास र सोंचले मात्र सम्भव नहुने भएकोले समाजको बिकासका लागि समाजमा बिभिन्न भूमिका रहेका ब्यक्तीहरुको सहकार्य र समन्वयलाई समय समयमा सम्मान र मुल्यांकन गरिनु आवश्यक रहेको बताउनु भयो।
यसैगरी सामाजिक बिकास शाखाका रचना गौतमले जनताको सेवा जनताकै हातबाट हुने र ती हातहरुलाई सबैले साथ दिएर अझ बलियो बनाउन सकियो भने गाउँ समाज र वडाको समुचित बिकास हुने बताउनु भयो।
कार्यक्रममा मेलमिलाप समन्वय समितिका संयोजक तथा देविनगर टोल बिकास संस्थाका अध्यक्ष गुनाखर खनालले टोल टोलबाट उत्सर्जन हुने फोहोर ब्यबस्थापनका लागि ब्यबस्थित डम्पिङ्ग साइटको तत्काल ब्यबस्था गर्न आग्रह गर्दै वडाबाट भएको सम्मानले थप उर्जा थपिदिएको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष भुवन बहादुर राना मगरले वडाको बिकास र निकासका लागि टोल बिकास संस्था, आमा समूह, युवा क्लव, समाजका अगुवा, बुद्धिजिवी, शिक्षा प्रेमी लगायतको भुमिका अतुलनिय र मुल्यवान भएको बताउनु भयो ।
वडाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव दिपक मरासिनीले गर्नुभएको थियो भने वडा सदस्य ज्ञानु बि.क.ले स्वागत गर्नु भएको थियो। कार्यक्रममा सम्मानित बिभिन्न टोल बिकास संस्था, आमा समूह, युवा क्लव र समाजका अगुवालाई वडाले असार १५ को अवसरमा दहि चिउरा समेत खुवाएको थियो।




