LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । सरकारले यो दिनलाई धान दिवसको रुपमा मनाउँदै आएको छ । धान दिवसकै अवसरमा देशका विभिन्न स्थानमा जस्तै रुपन्देहीको सैनामैनामा पनि रोपाई महोत्सव आयोजना गरेर धान उत्पादनमा बृद्धि गर्न किसानलाई प्रोत्साहन गरिएको छ ।
सैनामैना नगरपालिकाले शनिवार सैनामैनाको वडा नंं ६ बैकुण्ठपुरमा आयोजना गरेको धान दिवस अर्थात रोपाई महोत्सवमा नगर प्रमुख फणेन्द्रप्रसाद शर्मादेखि स्थानीय किसानसम्म धान महोत्सवमा सहभागी भएका थिए ।
त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कृषि क्षेत्रको विकास गर्ने हो भने सिंचाईलाई व्यवस्थित बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सैनामैनामा रहेका सतह सिंचाई, दानव, इंगुरिया र पहिला तथा कञ्चन नदीको पानीलाई कसरी सिंचाईमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा नगरपालिकाले प्राथमिकता दिएर योजना अघि बढाईरहेको बताउनुभयो । उहाँले जति अहिले गरिएको छ त्यो धेरै कम छ भन्दै संघीय, प्रदेश र स्थानीय सरकारको पहलमा सिचाईका क्षेत्रमा सैनामैनामा थप काम गर्न गैरहेको बताउनुभयो ।

कार्यक्रमा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले परम्परागत कृषि खेती प्रणालीलाई आधुनिक खेतीमा रुपान्तरण गर्न कसरी व्यवस्थापन गरेर जान सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले परम्परागत खेतीबाट उत्पादन समेत कम हुने भएकोले आधुनिक खेती प्रणालीतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।

असारमा मानो रोपेर मुरी फल्छ भन्ने विश्वास गरिन्छ । कृषकहरु पनि रोपाइँमा ब्यस्त भएर मुरी फलाउने सपना बुन्छन । असार १५ गते रोपाई सकेर दही चिउरा खाने योजना बनाउँछन । पछिल्लोसमय असार १५ लाई किसानहरुले विशेष दिनको रुपमा मनाउन थालेका छन । किसानहरुमा असार १५ को जागरण पनि आएको छ । तर यति हुँदा पनि किसानहरुको पीडा उस्तै छ । अव सैनामैना नगरपालिकाले किसानलाई समृद्धीसंग जोड्ने कुरा गरेको छ । सैनामैनाका कृषकलाई कसरी सहयोग दिन सकिन्छ भन्ने कुरामा सैनामैनाका जनप्रतिनिधिहरुले योजना बनाएरै अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय