LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीको समावेशी टोलमा शनिवारदेखि स्केट पार्क सञ्चालनमा आएको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच स्केट पार्कको उदघाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उहाँले स्केटपार्क सैनामैनाको सालझण्डीमा संचालन हुनु अत्यन्त खुसीको कुरा भएको बताउँदै स्केटिङ आफैमा जोखिमको खेल भएकोले सावधानी अपनाउन पनि आग्रह गर्नुभयो । उहाँले आजका बालबालिकाहरु कुलतमा लागेर अन्तै गएर दिन बिताउने अवस्था रहेकोमा स्केटपार्कले बालबालिकालाई खेलसंग जोडेर समाजको विकासमा योगदान दिन महत्वपूर्ण हुने बिचार राख्नुभयो ।

रुपन्देहीको कञ्चन गाउँपालिकाका युवा दिपक अधिकारीको करिव ६० लाख बढी एकल लगानीमा संचालनमा आएको स्केटपार्कबाट बालबालिका तथा युवा युवतीहरु बढी लाभान्वित हुने बताइएको छ ।
स्केटपार्क उदघाटन समारोहमा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनामैना नगरपालिका वडा नंं १० का अध्यक्ष कृष्णप्रसाद घिमिरे, ११ नम्बर वडा अध्यक्ष रामप्रसाद भुसाल र वडा नंं ६ का वडा अध्यक्ष गोपाल पोखरेल लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।
स्केटपार्कका संचालक दिपक अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सैनामैना नगरपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना कुँवर र सैनामैना खेलकुद बिकास समिति सदस्य ममता बुढाथोकीको सहभागिता थियो ।
कार्यक्रमको संचालन समावेशी टोल विकास संस्थाका अध्यक्ष गोविन्द अधिकारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय