उत्कृष्ट सेवा गरेवाफत रूपन्देही सैनामैनाका केशव भट्टराई युएईमा सम्मानित भएका छन् ।
विश्वका ८२ देशमा आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको भिनी कस्मेटीक प्राइभेट लिमिटेडले कम्पनिमा कार्यरत सैनामैना सालझन्डि निवाशि केशव भट्टराई शुक्रबार भएको बार्षिक सम्मेनलमा ८२ देश मध्येबाट उत्कृष्ठ ५ मा पर्दै भट्टराई सम्मानित गरेको हो ।



१० बर्षसम्म निरन्तर कम्पनिमा गरेको सेवा समर्पणको कदर गर्दै उनी नगद एबं सम्मान पत्र सहित सम्मानित बनेका हुन् । सम्मानित भएसंगै भट्टराईले बिदेशमा रहदा आफुले गरेको मेहनतले सम्मानित बनेको बताए ।
भिनी कस्मेटीकले उत्पादन गरेको फग ब्राण्ड चर्चित ब्राण्डको रूपमा रहेको छ । नेपालमा पनि फग ब्राण्डको वडी स्प्रे, फरफ्युम लगायतका उत्पादन ग्राहकहरुले रुचाएको उत्पादन हो ।
भट्टराई आफैमा सामाजिक कार्यमा समेत सकृय छन् । हालै सम्पन्न सैनामैना सेवा समाज युएईको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भट्टराईले युएईमा विभिन्न सामाजिक अभियानमा काम गर्दै आएका छन् ।




