LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना सेवा समाज युएईको तेस्रो अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सैनामैना नगरपालिकामा संचालित सामुदायिक बिधालयमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ !
नगरभित्र संचालित सामुदायिक बिधालयमध्ये अति बिपन्न, असहाय बिधार्थीहरूको पहिचान गरि उनीहरूको शैक्षिक बिकासका लागि बिधालयमा अक्षयकोष स्थापना गरिने संस्थाका अध्यक्ष बिष्नुप्रसाद पन्थीले बताउनुभयो ।

नबनिर्वाचित कार्यसमितिको पहिलो बैठक एबं भेलाले विभिन्न समितिहरू मनोनित समेत गरेको छ । जस अन्तर्गत संस्थाको संरक्षक समिति र सल्लाहकार समिति बिस्तार गरिएको छ । बैठकले संस्थाका पूर्ब अध्यक्ष केशव ढकालको संयोजकत्वमा ३ सदस्यीय संरक्षक समिति चयन गरेको छ । जसमा निबर्तमान अध्यक्ष युवराज भट्टराई र निबर्तमान बरिस्ठ उपाध्यक्ष मोहन बमरेल संरक्षक समितिमा मनोनित हुनुभएको छ । यस्तै संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद पाण्डे प्रमुख सल्लाहकार रहने गरि सल्लाहकार समिति मनोनित गरिएको छ ।

जस अन्तर्गत सल्लाहकारहरूमा बिनु केसी, मनिराम भट्टराई, नोखा बस्नेत, अनिस पौडेल, बिष्णु प्रसाद पाण्डे, ज्ञानदेब घिमिरे, बासुदेब चौधरी, कृष्णप्रसाद भट्टराई, डिआर पाण्डे, सीता थापा, नारायणप्रसाद पाण्डे, मुमान सिंह बमरेल, ईश्वरि न्यौपाने र जिबलाल गौतम रहनुभएको छ ।
यस्तै बैठकले सागर कोइरालालाई संस्थाको प्रबक्तामा मनोनित गरेको छ भने सांस्कृतिक बिभाग प्रमुखमा कृष्णप्रसाद भट्टराईलाई मनोनित गरेको छ । संस्थाका उपाध्यक्ष महेश्वर घिमिरेको संयोजकत्वमा आजिबन सदस्य बिस्तार बिभाग समेत मनोनित भएको छ ।

सोही अवसरमा निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन प्रमुख केशव ढकालले सपथ ग्रहण गराउनुभएको थियो ।
बैठकले, संस्थामा आवद्ध पदाधिकारीले २ बर्षे कार्यकाल भित्र आजिबन सदस्यता लिनुपर्ने निर्णय समेत गरेको छ ।
संस्थाका अध्यक्ष बिष्णुप्रसाद पन्थीको अध्यक्षता, प्रमुख संरक्षक केशव ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम महासचिव सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो । सैनामैना सेवा समाजमा करिब २०० जना सदस्य कृयाशिल छन् । संस्थाले आगामी अगस्ट २५ तारिख नारिहरूको महान पर्व हरितालिका तिजको अवसरमा बृहत् तिज सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय