LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिकामा ७० जना स्वयंसेवकहरुलाई दैबीप्रकोप तथा बिपद प्रतिकार्य तालिम प्रदान गरिएको छ । बिपद आईसकेपछिको भागदौडमा कसरी मानवीय तथा जनधनको क्षति कम गर्न सकिन्छ भन्ने हेतुले बिपद प्रतिकार्य तालिमले धेरै ठूलो भूमिका निर्वाह गर्ने तालिममा सहभागीहरुले बताएका छन । बिपद आउनु अघि नै गर्नुपर्ने पूर्व तयारीका लागि सशक्तीकरण विकास नेपालले विगत दुईबर्षदेखि यो तालिम दिएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनामा बाढी पहिरो, लु तथा आगलागीजन्य बिपदका घटना न्यूनीकरण गर्न ७० जना स्वयंसेवकहरुलाई तालिम दिएको बताउनुभयो । उहाँले यो बर्ष सैनामैना नगरपालिकामा धेरै आगलागीका घटना भएपनि ती सबै समयमै नियन्त्रणमा लिन सफल भएको र सैनामैनामा बिपदजन्य घटनाबाट कुनैपनि मानवीय क्षति नभएको बताउनुभयो । नगर प्रमुख शर्माले आगामी दिनमा पनि बिपदजन्य घटना नियन्त्रण गर्न सैनामैनामा बिपद व्युरो गठन गरिएको र स्वयंसेवकहरुलाई परिचालन गरेर बिपदजन्य घटना न्यूनीकरण गर्ने बताउनु भयो ।

सशक्तीकरण विकास नेपाल पाल्पाले रुपन्देहीको सैनामैना र कपिलवस्तुको मायादेवी गाउँपालिकामा बिपद प्रतिकार्य तालिम दिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाईटीको संयुक्त पहल र नेतृत्वमा पालिकाहरुमा बिपद प्रतिकार्य तालिम प्रदान गर्दै आएको र बिपदको बेला उद्धारको कार्यमा र बिपद पछिको पहिलो चरणको उद्धारमा तालिमले निकै ठूलो सहयोग गर्ने विश्वास गरिएको छ
विपदको बेला कसरी खोज तथा उद्धार गर्ने भन्ने बिषयमा तालिममा स्वयंसेवकहरुलाई अभ्यास समेत गराइएको छ । तालिमका प्रशिक्षक समेत रहेका इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक प्रदिप पौडेलले बिपदको बेला पर्याप्त साधन नहुन सक्छ, त्यस्तो बेलामा कृत्रिमरुपमा लाईफ ज्याकेट, स्टे«चर कसरी बनाउने, डुबेको मान्छेलाई निकालेपछि कसरी बचाउने, अस्पतालसम्म कसरी लैजाने भन्ने बिषयमा सैनामैनाका सम्पूर्ण वडाका स्वयंसेवकहरुलाई तालिम दिएको बताउनुभयो ।
अहिले मनसुनजन्य समय भएकोले सैनामैनामा बिशेषगरि बाढीको प्रकोप आउन सक्छ र बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्न विभिन्न अभ्यास गराएको बताउँदै पौडेलले सैनामैनामा त्यस्तो कुनै बिपद आएमा तत्काल प्रहरीलाई खबर गरिदिन आग्रह गर्नुभयो ।

दुईदिनसम्म संचालन भएको बिपद प्रतिकार्य तालिममा सैनामैनामा छनौट भएका ७० जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो । ती स्वयंसेवकहरुले बिपदजन्य घटना भएमा बिपदका घटना नियन्त्रण गर्न र मानवीय तथा भौतिक क्षति रोक्न सहयोग गर्नेछन् । तालिममा सैनामैनाका ११ वटै वडाबाट स्वयंसेवकहरुको सहभागिता थियो भने प्राविधिक रुपमा प्रशिक्षण समेत दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय