गत साता प्रकाशित एसईई नतिजाका अनुसार रुपन्देहीको कञ्चन गाउँपालिकामा रहेको सनमोडेल इगलिस बोर्डिङ स्कुलले सतप्रतिशत नतिजा दिन सफल भएको छ । एसईई परिक्षा २०८० मा ३० जना विद्यार्थीले परिक्षामा सहभागिता जनाएकोमा सवै ३० जना विद्यार्थी नै पास गराउन सफल भएको हो ।
कञ्चन गाउँपालिकाबाट ९ सय ५० जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ४ सय ६२ जना विद्यार्थीमात्र पास भएका छन । कञ्चनमा प्रगति सेकेण्डरी स्कुलबाट सवैभन्दा बढी ८० जना विद्यार्थी पास भएका छन । तर सोही विद्यालयबाट परिक्षा दिएका ७३ जना विद्यार्थी भने असफल भएका छन । प्रगति सेकेण्डरी स्कुलबाट १ सय ५३ जना विद्यार्थीले परिक्षा दिएका थिए ।



त्यसैगरी कञ्चनको हरैया सेकेण्डरी स्कुलबाट परिक्षा दिएका एक सय ४५ जनामध्ये १ सय ३ जना विद्यार्थी फेल भएका छन । हरैया सेकेण्डरी स्कुलबाट मात्रै ४२ विद्यार्थी उत्तिण भए ।
कञ्चन गाउँपालिकाको शिक्षा शाखाले उपलब्ध गराएको एसइई नतिजाको तथ्याँकका अनुसार कञ्चनका सामुदायिक र संस्थागत विद्यालयहरुको नतिजा कमजोर देखिएको हो ।

यसैगरी गैडहवा गाउँपालिकामा एकमात्र सिद्ध लुम्बिनी इगलिस स्कुलले सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । सिद्धबाट परिक्षा दिएका १८ जना परिक्षार्थी सवै पास भएका छन । गैडहवामा सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा सुधारोन्मुख देखिएको छ । सामुदायिक विद्यालयबाट परिक्षा दिएका अधिंकाश विद्यार्थीको नतिजा राम्रो आएको छैन भने संस्थागत विद्यालयहरुले सत प्रतिशत नतिजा दिन असफल भएपनि तुलनात्मक रुपमा राम्रो रहेको छ ।




