LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

दाङको तुलसीपुर रजौरामा निर्माण भएको कमलपोखरी योग साधना केन्द्र भुह्याँर थान हलको उदघाटन गरिएको छ ।
उक्त भवन लुम्बिनी प्रदेश सरकारले आव २०७९÷०८० मा विनियोजन गरेको २० लाख बजेटबाट निर्माण भएको हो । प्रदेश सरकारले उक्त रकम दुई किस्तामा उपलब्ध गराएको थियो ।

भवनको उदघाटन पतञ्जली योग समिति लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार देवराज आचार्यले गर्नुभएको हो । साथै बिशिस्ट अतिथी डा. अरुणकुमार श्रेष्ठले हवन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै स्थानीयबासी तथा कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले आफ्नो ठाउँमा भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै यसले स्थानीयस्तरमा आयोजना हुने विभिन्न खालका कार्यक्रम सम्पन्न गर्न सहजता हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी कमलपोखरी योग साधना केन्द्रको ९ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको छ । जसमा अध्यक्ष बलदेब रजौरे, माया के सी उपाध्यक्ष, भागीराम वली कोषाध्यक्ष, बामदेब बिस्ट सचिब रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा नारायण अधिकारी, पुर्णिमा ज्ञवाली, लोककुमारी बस्नेत, शान्ता डागी, गोबिन्द चौधरी चयन हुनुभयो । सल्लाहकारमा झग्गुप्रसाद पोख्रेल , दिपक न्यौपाने, मनोज रेग्मी, अम्मर चौधरी, टेकबहादुर केसी., मायादेबी सापकोटा र मानबहादुर चन्द चयन हुनुभएको थियो ।  केन्द्रका अध्यक्ष बलदेव रजौरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव बामदेव विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय