LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिका १ मा रहेको जनज्याति माध्यमिक विद्यालयले एसईई २०८० मा उत्तिर्ण हुन सफल विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफलताको शुभकामना दिएको छ ।
विद्यालयले अर्थशास्त्र र शिक्षा बिषय अध्यापन गराउने दुईजना शिक्षकहरुलाई समेत सम्मान गरेको छ । ती दुवै बिषयमा सत प्रतिशत नतिजा आएकोले शिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको हो ।
गत साता प्रकाशित एसईई नतिजाका अनुसार विद्यालयबाट ३८ जना विद्यार्थीले परिक्षा दिएकोमा २८ जना परिक्षार्थी उत्तिर्ण भएका थिए ।
विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने परिक्षार्थी राजकुमारी लोधले ३ दशमलव ८५ प्रतिशत जिपिए ल्याएकोमा ५ हजार नगद र एउटा साईकिल समेत पाएकी छिन । यसैगरी अर्का छात्र परविन सुनारले २ दशमलब ९ जिपिए ल्याएकोमा उनलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकामा एसइईको परिक्षा दिलाउने सवैभन्दा अन्तिम अनुमति पाएको विद्यालय भएरपनि जनज्योति माध्यमिक विद्यालयले कञ्चनका बर्षौ पुरानो इतिहास बोकेका बिद्यालयलाई जित्न सफल भएको बताउनु भयो । उहाँले उत्कृष्ट नतिजा ल्याएकोमा विद्यालयका शिक्षक, विद्यार्थीहरु, अभिभावक लगायत सवैलाई धन्यबाद दिनुभयो । अध्यक्ष ढकालले पहिलोपटकमै विद्यालयले जुन नतिजा ल्याएको छ, त्यसले विद्यालयलाई चिनाएको छ, कञ्चन गाउँपालिकालाई पनि चिनाएको छ र सवैको चिनारी बनाउन विद्यालयले गरेको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक तिलकराम लोधले सफलता प्राप्त गरेका सवै विद्यार्थी भाई बहिनीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनको उज्वल भविष्यको कामना गर्नुभयो । उहाँले ग्रेड बृद्धि परिक्षामा रहेका विद्यार्थीहरुलाई पनि अग्रीम सफलताको शुभकामना दिनुभयो । प्रधानाध्यापक लोधले विद्यालयले उत्कृष्ट नतिजा ल्याउनुमा सवै शिक्षकहरु त्यसमा पनि विषयगत शिक्षकहरुले धेरै ठूलो मेहनत गर्नुभएको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनका शिक्षा शाखा प्रमुख रमेश भुसाल, कञ्चन १ का वडा अध्यक्ष हरिनारायण थारु, कञ्चन गाउँपालिकाका प्रबक्ता चित्रलाल तुलाचन लगायतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय