LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को तेश्रो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सैनामैनामा सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाको आयोजना र साझा टेलिभिजन एचडीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सैनामैनाका नागरिकले सडक निर्माणको अवस्थामा सुधार नभएको, सैनामैनाका विभिन्न स्थानमा पुल नहुँदा बर्षायाममा नदी वारपार गर्न समस्या भएको, उज्यालो सैनामैना भनेपनि रातीमा बत्तीको व्यवस्था नभएको, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । साथै सहभागीहरुले सैनामैना नगरपालिकाकै मुटु बुद्धनगरमा विद्युत तारको व्यवस्थापन नहुँदा जोखिम बढेको, इगुरिया नदीको तटबन्धको काम हुन नसकेको, रिङरोड क्षेत्र निर्माणको कामका ढिलाई भएको आदि गुनासो राखेका थिए ।
सहभागी बाईट तीनवटा
त्यसैगरी सैनामैनाको वडा नं. ४ मा सामाजिक संस्कार भवन निर्माणमा ढिलासुस्ती भएको, विभिन्न टोलका सडक मर्मतमा समेत ध्यान नदिएको, प्रहरीले पूर्व पश्चिम राजमार्गमा रातीमा मात्रै चेकजाँच गर्ने गरेको लगायतका बिषयमा समेत जिज्ञासा राखेका थिए । साथै सार्वजनिक सुनुवाई कार्यक्रममा संचारकर्मीहरुले समेत सैनामैना नगरपालिका क्षेत्रमा भैरहेका कृयाकलापका बिषयमा प्रश्न गर्दै नगरपालिका पछिल्लोसमय जनताका प्रत्यक्ष जीवनसंग जोडिएका कुराहरुमा उदासिन बन्दै गएको कुरा राखेका थिए । ती जिज्ञासाहरुको जवाफ दिदै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सैनामैनाका संचारकर्मीहरुले समयमै सूचना दिएमा र भैरहेका घटनाका बिषयमा जानकारी दिएमा नगरपालिकाको ध्यानाकर्षण हुने र समस्या समाधानमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले सैनामैना नगरपालिकाले गर्ने तालिम पारदर्शी नभएको, तालिम गर्नका लागि मात्रै आयोजना गर्ने गरिएको र दलित समुदायका लागि आएको तालिममा दलित समुदायले नै जानकारी नपाउने अवस्था रहेको गुनासो राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ दिदै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सहभागीहरुको जिज्ञासा मेटाउने प्रयास गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरणको भूमिका साझा टेलिभिजनका म्यानेजिङ डाईरेक्टर भुवन जिसीले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाको जवाफ सम्वन्धित वडा अध्यक्ष र सैनामैनाका कार्यालय प्रमुखहरुले दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय