LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कृष्ण अधिकारी

तुलसीपुर । स्टुडेन्ट क्वालिटी सर्कल हिमाल एकाडेमीको आयोजनामा आज खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङमा भएको रगतको अभाबलाई पुर्ती गरि बिरामीको ज्यान बचाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान आयोजना गरिएको सर्कलले बताएको छ। सो अबसरमा ३१ जनाले रक्तदान गरेको विद्यालयले जनाएको छ।
एप्लस रेड्क्रस रक्तसन्चार केन्द्र तुलसीपुर दाङको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा विद्यालयका हेड सर नवीन कुमार पराजुलीले विद्यार्थीहरुमा मानवताको सेवा जागृत हुनु सकारात्मक भएको बताउँदै यस्ता कार्यक्रमहरु निरन्तरता हुनुपर्ने बताउनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीले बिद्यार्थीको रचनात्मक तथा सिर्जनात्मक काममा विद्यालय सदैब हातेमालो गर्न तयार रहेको बताउँदै विद्यार्थीहरुमा पठन(पाठनको सँगसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताउनु भएको थियो ।
सर्कल अध्यक्ष अञ्जली शाहको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्लसटु कोर्डिनेटर विशेष श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक भिमलाल मरासिनीले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय