LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वातन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि गरिएको कर फिर्ता लिन माग गरेको हो । सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
करको दायरा बढाउनु पर्नेमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल बृद्धि गरिएको कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सैनामैना सभापति राजबहादुर क्षेत्रीले माग गर्नुभयो ।
जनताका आधारभूत आवश्यकताको रुपमा रहेको नागरिकता, नाता प्रमाणित जस्ता सेवा निशुल्क हुनुपर्नेमा कर बढाउनु खेदजनक भएको उहाँले बताउनु भयो । उहाँले ब्यवसायीको सटरको कर बृद्धि गरिएको छ, यता आर्थिक मन्दीका कारण सटर खाली हुँदै गएका छन् यस्तो अवस्थामा नगरपालिकाले गरेको कर बृद्धि न्यायोचित छैन भन्नुभयो ।

सैनामैना नगरपालिकाले कार्यपालिकाको बैठकको निर्णय भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरेको हो । त्यसैगरी खानेपानी र विद्युत सिफारिसमा पनि सत प्रतिशत शुल्क बृद्धि गरिएको छ भने नाता प्रमाणितमा पनि शत प्रतिशत बृद्धि गरिएको छ ।
त्यसैगरी बैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रयोजनको अंग्रेजी सिफारिसमा पनि सत प्रतिशत सेवा शुल्कमा बृद्धि गरिएको छ ।
उता नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कर बृद्धि नगरिएको दावी गर्दै सानो सानो दस्तुरलाई समायोजन गरिएको बताउनुभयो । नगर प्रमुख शर्माले सय पचास रुपैया दस्तुर हेरफेरलाई जनतालाई धेरै भार पर्नेगरि कर बढाएको अर्थमा बुझ्न नहुने उल्लेख गर्नुभयो ।
सैनामैना नगरपालिकाले विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर सत प्रतिशतसम्म बृद्धि गरेको हो । सेवा शुल्क र कर बढाएपछि सैनामैनाका राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी र स्थानीय जनताले तत्काल बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय