सैनामैनाका व्यवसायी प्रदिप गौतमको हृदयघातका कारण ५९ बर्षको उमेरमा विहिवार विहान निधन भएको छ ।
सैनामैना नगरपालिका वडा नम्बर २ निवासी व्यवसायी गौतम सैनामैना व्यापार संघको आजीवन सदस्य हुनुहुन्थ्यो भने सैनामैना उद्योग बाणिज्य संघको साधारण सदस्य हुनुहुन्थ्यो ।
व्यवसायी गौतमले सैनामैनामा पुनम पोलिक्लिनिक, पुनम फर्निसिङ, पुनम हार्डवेयर र पुनम डेकोर सञ्चालन गर्दै आउनु भएको थियो ।
त्यसैगरी उहाँ सैनामैना ४ मा रहेको ग्यालेक्सी बोर्डिङ स्कुलको पनि शेयर सदस्य हुनुहुन्थ्यो ।



सैनामैनामा रहेका आधा दर्जन बढी व्यावसायीक संघ संस्थामा आवद्ध गौतमको निधनले सैनामैनाको उद्योग व्यापार क्षेत्रले ठूलो क्षति बेहोरेको सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले बताउनु भयो । व्यवसायी प्रदिपको एक छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले व्यवसायी प्रदिपको निधनले सैनामैनाका उद्योगी व्यवसायी स्तब्ध भएको बताउनु भयो । प्रदिपको विहिवार नै सैनामैनाको कर्साघाटमा अन्तिम संस्कार गरिएको छ ।




