LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहा शाखा सैनामैना ४ का मुख्य प्रवन्धक दिनेशकुमार घिमिरेले संचालक समितिलाई समेत थाहा नदिई पूर्व कर्मचारीलाई व्यवसाय नै गर्न नदिने नियतले सिण्डिकेट गर्ने प्रयास गरेको आरोप लागेको छ ।
मुख्य प्रवन्धक घिमिरेले जिल्ला कृषि सहकारी संघलाई एक पत्र लेखेर पूर्व कर्मचारी श्यामकुमार खडकाले सहकारीको नजिकै डेरी व्यवसाय संचालन गर्न लागेको भन्दै आफूहरुको सहकारी संस्थाका लागि आपत्तीको बिषय भएको उल्लेख गर्नुभएको छ । मुख्य प्रवन्धक घिमिरेले जागिर छाडिसकेको कर्मचारी खडकालाई व्यवसाय गर्न नदिने र रोक्ने उद्देश्य राखेर जिल्ला कृषि सहकारी संघलाई जानकारीमूलक पत्र लेख्दै यस प्रकारका कार्यले बैमनस्य सिर्जना गर्ने उल्लेख गर्नुभएको छ ।
मुख्य प्रवन्धक घिमिरेले हस्ताक्षर गरि पठाएको चिठी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाली नागरिकको नेपालभरी जहाँपनि गएर व्यवसाय गर्न पाउने अधिकारमाथि सिण्डिकेट गर्ने प्रयास गरेको भन्दै चिठीको आलोचना भएको छ ।
नेपाल सरकारको नीति र नियममा रही कुनैपनि प्रकारको व्यवसाय गर्न पाउने हरेक नेपाली नागरिकको अधिकार रहेकोमा मुख्य प्रवन्धक घिमिरेले अधिकार कुण्ठित गर्ने प्रयास स्वरुप दवाव दिएको समेत पाइएको छ ।
सहकारीका पूर्व कर्मचारी श्यामबहादुर खडकाले मुख्य प्रवन्धक घिमिरेसंग गत बैशाख महिनामै सेवा सुविधा बढाउन ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको बताउँदै कोही निस्केपनि कुनै फरक नपर्ने भन्दै जवाफ फर्काएको गुनासो गर्नुभयो । खडकाले आफूले सेवा सुबिधा नबढेपछि साउन १ गतेदेखि छोड्ने निर्णय गरेको अवस्थामा संचालक समितिमा समेत कुनै छलफल नगरेको र आफूलाई संचालक समितिले काम छोडनुको कारणको बिषयमा कुनै सोधपुछ समेत नगरेको बताउनु भयो ।

उता सहकारीका अध्यक्ष परशुराम सापकोटाले भने सहकारीका तर्फबाट जिल्ला कृषि सहकारी संघलाई त्यस्तो चिठी लेख्ने कुनै आशय समेत नरहेको बताउनुभयो । अध्यक्ष सापकोटाले मुख्य प्रवन्धक घिमिरेले संचालक समितिलाई जानकारी समेत नदिई चिठी लेखेको बताउँदै बेला बखत यस प्रकारका काम मुख्य प्रवन्धकबाट दोहोरिईरहेको खुलासा गर्नुभयो । अध्यक्ष सापकोटाले विगतमा दुबै कर्मचारी मिल्दा संचालक समितिलाई समेत बाईपास गरेर काम गरेको बताउँदै अहिले दुवै कर्मचारीबीच स्वार्थ बाझिँदा समस्या आएको उल्लेख गर्नुभयो ।

उता साना किसान कृषि सहकारी पर्रोहाका मुख्य प्रवन्धक दिनेशकुमार घिमिरेले संस्थाको तर्फबाट जिल्ला कृषि सहकारी संघलाई पत्र लेखेको बताउँदै कुन पत्रको जवाफ संचालक समितिले दिने र कुन पत्रको जवाफ मुख्य प्रबन्धकले दिने भन्ने कुरा पहिल्यै टुंगो लाग्ने गरेको बताउनु भयो । उहाँले सहकारी संस्थामाथि हिलो छ्याप्न खोज्ने ब्यक्तिहरुको विरुद्धमा सहकारीले आफ्नो संघमार्फत कुरा राख्नु स्वाभाविक भएको जिकिर गर्नुभयो ।

उता साना किसान कृषि सहकारी संस्थाले कुनैपनि सूचना प्रकाशन नगरि आन्तरिकरुपमा आफ्नो मान्छे भर्ना गरेको तथा मुख्य प्रवन्धकले अनधिकृत रुपमा दोहोरो सुविधा र भत्ता समेत लिने गरेको आरोप लागेको छ । त्यसैगरी इन्धनमा समेत व्यापक दुरुपयोग भएको पाइएको सम्बन्धमा अध्यक्ष सापकोटाले त्यसमाथि सत्यता नरहेको जवाफ दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय