LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुद्धजन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधबार पनि यस्तै मौका जु¥यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट अन्नपूर्ण हिमश्रृखलाको भिडियो र फोटो खिचेर आम मानिसहरुलाई लोभ्याएका छन् । लुम्बिनी पुगेका पर्यटकहरु लुम्बिनीबाट हिमाल देख्न पाएकोमा दंग थिए । श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर ब्याख्या गरिएकोमा आफूले प्रत्यक्ष रुपमा हिमाल देख्न पाएको बताउनुभयो ।

बर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरु लोभिएका हुन् । प्राय असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने पुस्तौदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले बताउनुभयो ।

त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन । मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन । भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटनविद् एबं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वजराईले बताउनुभयो ।

मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिमश्रृखला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथर भूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्वपूर्ण हो । लुम्बिनी सहित तराईका जिल्लाहरुबाट प्रायः असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थानीयहरु बताउँछन । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरी लगायतका हिमश्रृखलाहरु देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय