LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ रानीबगियामा रहेको आकृति ब्युटी पार्लरले स्थापनाको दशौँ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिबिध कार्यक्रमको आयोजना गरि बुधबार दशौँ बार्षिक उत्सब मनाएको छ । आकृति ब्युटीपार्लरले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ब्युटीपार्लर सम्बन्धि तालिम प्रदान गर्दै आएको छ । १० औं बार्षिक उत्सवका अवसरमा तालिम लिएका ३५ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले समयको माग अनुसार महिला दिदी बहिनीहरु अघि बढ्नपर्ने बताउनुभयो । उहाँले महिला दिदी बहिनीहरु आर्थिक रुपमा पहुँच नहुँदा हिंसामा पर्नुपरेको र विभिन्न अवसरबाट समेत पछाडी पर्नु परेकोले अब आत्मनिर्भर हुन केही ने केही व्यवसायमा जोडिनुपर्ने उल्लेख गर्नुभयो ।

आकृति ब्युटीपार्लरकी संचालक मिरा शर्माले आफूहरुको उद्देश्य महिलाहरुलाई आत्मनिर्भर बनाउने रहेको बताउनु भयो । उहाँले आकृति ब्यूटीपार्लरको मुल नारा छोरीलाई दाईजो होइन सीप सिकाउ भन्ने रहेको उल्लेख गर्दै विदेश गएर दिदी बहिनीहरुले दुःख पाउनुभन्दा आफ्नै देशमा केही गर्न सक्छन भन्ने उदाहरण दिन आफूहरु लागिरहेको उहाको भनाई छ ।

कार्यक्रममा सैनामैना खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष एकबहादुर क्षेत्री, नेपाल ब्युटीपार्लर संघकी केन्द्रिय सदस्य सिता क्षेत्री, सैनामैना उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष राजबहादुर क्षेत्री र बिधार्थीको तर्फबाट लुमा बि.सी. लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा ३५ जना तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने बृद्ध सम्मान कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता आकृति ब्युटी पार्लरकी संचालिका मिरा शर्मा र स्वागत मन्तब्य गिताराम भुसालले गर्नुभएको थियो ।
२०७१ सालमा स्थापना भएको आकृति ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरले ब्युटीपार्लर सम्बन्धी बिभिन्न बिधामा अहिलेसम्म दुई हजार भन्दा बढीलाई तालिम दिएर स्वरोजगार तथा आत्मनिर्भर बन्न टेवा पु¥याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय