LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

आज साउनको तेश्रो सोमवार । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा यो बर्षकै सबैभन्दा धेरै श्रद्धालु भक्तजनको जलार्पण गर्न ठूलो घुइँचो लागेको छ ।
यसअघि पर्रोहा बोलबम धाममा साउन महिनाको दोश्रो सोमबार भक्तजनहरुको ठूलो भीड लागेको थियो । पर्रोहा बोलबम धाम व्यवस्थापन समितिका अध्यक्ष रामबली चौधरीले आज साउनको तेश्रो सोमबार बोलबम धाममा ठूलो संख्यामा श्रद्धालु भक्तजन आएको बताउनुभयो । उहाँले श्रद्धालु भक्तजनहरु टाढा टाढाबाट आउने क्रम साँझसम्म जारी रहेको बताउनुभयो ।
धामका अध्यक्ष चौधरीले तेश्रो सोमबार भक्तजनले सहजरुपमा जलार्पण गर्न पाएको बताउनु भयो ।
यसैगरी धाममा जलार्पण गर्न आएकी बिष्णु देबकोटाले पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको संख्या धेरै भएकोले लाईनमा बस्नुपरेपनि व्यवस्थापन राम्रो भएकोले सहजरुपमा जलार्पण गर्न पाइएको बताउनुभयो ।्

यसैगरी पर्रोहा बोलबम धाममा आउनु भएकी एक भक्तजनले आफू हरेक बर्ष यसैगरी परोहा बोलबम धाममा जलार्पणका लागि आउने गरेको बताउँदै आफूले चिताएको मनको कुरा पूरा हुने गरेको बताउनु भयो ।

 

पर्रोहा बोलबमका सल्लाहकार खुसीराम चौधरीले बोलबम धाममा जलार्पण गर्ने परम्परा बर्षौदेखिको रहेको कुरा बताउँदै बोलबम धाममा श्रद्धालु भक्तजनको ब्यापक सहभागिता रहेको बताउनु भयो । उहाँले बोलबम धामको महिमा अझै माथि पु¥याउन यहाँका मिडिया लगायतक श्रद्धालु भक्तजन, समाजसेवी, मन्दिर व्यवस्थापन समिति लगायत सवैको सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

 

पर्रोहा बोलबम धामका महासचिव प्रेमलाल भुसालले साउनको तेश्रो सोमबार विहान ३ बजेदेखि नै श्रद्धालु भक्तजन जलार्पणका लागि आएको र आज अत्याधिक श्रद्धालु भक्तजनको उपस्थिति रहेको बताउनु भयो ।
उहाले श्रद्धालु भक्तजनको ठूलो लाईन रहेकोले भक्तजनलाई सहजरुपमा जलार्पणको व्यवस्थापन गर्न धाम परिवारले सहयोग पु्¥याएको बताउनुभयो ।

पर्रोहा बोलबम धाम व्यवस्थापन समितिले श्रद्धालु भक्तजनले सास्ती बेहार्नु नपरोस भन्ने हेतुले उत्तर र दक्षिणतर्फबाट जलार्पणको व्यवस्था मिलाएको छ । जलार्पणका लागि पर्रोहा बोलबम धाममा आउने भक्तजनको सुरक्षा व्यवस्था समेत राम्रो बनाएको धामले जनाएको छ । पश्चिमको पशुपतिनाथको नामले समेत पहिचान बनाएको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक बर्ष साउन महिनाभर नेपाल र भारतका लाखौँ लाख श्रद्धालु भक्तजनहरु जलार्पण गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय