LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ समिति सैनामैना ६ कलौनीद्वारा आयोजित विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्बन्धी तालिमको प्रशिक्षण युवा परिषद् लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्दबहादुर केसी र लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी सदस्य सरोज खनालले दिनुभएको थियो ।

तालिममा प्रशिक्षण दिदै केसी र खनालले विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्वन्धि तालिमले जीवनमा आउने चुनैतिलाई सजिलै सामना गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पार्नु भएको थियो ।
नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ समितिका सभापति मौसम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ रुपन्देहीका सचिव तथा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्वबियु सभापति मनोज बेलबासेले ब्यक्त गर्नुभएको थियो ।

तालिम कार्यक्रम शुभारम्भका अवसरमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य किरण तिवारी, शान्ति समाज नेपालका केन्द्रिय निबर्तमान सभापति गोबिन्द खनाल, क्याम्पस प्रमुख हेमबहादुर थापा, सैनामैना वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेल, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति प्रेम पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस सैनामैना नगर समिति सभापति रणबहादुर खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ शहिद नारायण पोखरेल रामापुर क्याम्पसका इकाई सचिव विष्णु ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय