LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ समिति सैनामैना ६ कलौनीद्वारा आयोजित विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्बन्धी तालिमको प्रशिक्षण युवा परिषद् लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्दबहादुर केसी र लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी सदस्य सरोज खनालले दिनुभएको थियो ।

तालिममा प्रशिक्षण दिदै केसी र खनालले विद्यार्थीको नेतृत्व एवम ब्यक्तित्व विकास सम्वन्धि तालिमले जीवनमा आउने चुनैतिलाई सजिलै सामना गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पार्नु भएको थियो ।
नेपाल विद्यार्थी संघ सहिद नारायण पोखरेल रामापुर क्याम्पस इकाइ समितिका सभापति मौसम थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ रुपन्देहीका सचिव तथा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका स्वबियु सभापति मनोज बेलबासेले ब्यक्त गर्नुभएको थियो ।

तालिम कार्यक्रम शुभारम्भका अवसरमा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य किरण तिवारी, शान्ति समाज नेपालका केन्द्रिय निबर्तमान सभापति गोबिन्द खनाल, क्याम्पस प्रमुख हेमबहादुर थापा, सैनामैना वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल पोख्रेल, प्रजातान्त्रिक प्राध्यापक संघका सभापति प्रेम पौडेल लगायतले बोल्नुभएको थियो ।
नेपाली कांग्रेस सैनामैना नगर समिति सभापति रणबहादुर खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन नेपाल विद्यार्थी संघ शहिद नारायण पोखरेल रामापुर क्याम्पसका इकाई सचिव विष्णु ढकालले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय