सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अर्घाखाँचीको आयोजनामा सामुदायिक वन दिवस २०८१ को अवसरमा भलायडाडा सामुदायिक वनमा चिउरी, सफेदो,अमला जस्ता प्रजातीका करिब २ सय ५० बिरुवा रोपण गरि दिवस मनाइएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अर्घाखाँचीका अध्यक्ष मधु कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उक्त वृक्षारोपण कार्यक्रमको प्रमुख अथितिको रूपमा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले वृक्षारोपण गरिसकेपछि संरक्षण गरिनुपर्नेमा जोडदिनुभएको थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल अर्घाखाँचीका पुर्व अध्यक्ष रामचन्द्र पोखरेल, ईश्वरा पोखरेल, वन अधिकृत उमेश शाह, पत्रकार गोपाल भट्टराई,केशब पन्थी लगायत वन उपभोक्ता समुहका सदस्यहरुको सहभागी रहेको थियोे।




