LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको कञ्चनमा सामुदायिक बिद्यालयका आधारभूत तहमा गणित बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि क्षमता बिकास सम्बन्धी ५ दिने शुरु भएको छ। रिड नेपाल अन्तर्गत सिकाई प्रबद्र्धन परियोजनाको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा उक्त तालिम शुरु भएको हो।
प्रगती नमुना माध्यमिक बिद्यालय, कञ्चन १ बेलभरिया रुपन्देहीमा संचालन भएको तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले शिक्षण कृयाकलापमा नविनतम प्रविधिको उपयोग र श्रजनात्मक बनाउन सकिएन भने बिद्यार्थीहरुको सिकाई श्रृजनशिल नहुने बताउनु भयो ।
शिक्षा समाज रुपान्तरणको बलियो हतियार भएको हुँदा शिक्षकहरुले बिद्यार्थीहरुलाई सही समयमा सही शिक्षा दिन सकिएन भने बिद्यार्थीहरुमा नैरास्यता आउनुको साथै समाजमा अन्तरघुलन हुन नसक्ने अध्यक्ष ढकालले उल्लेख गर्नु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले बिषयगत शिक्षकहरुमा आफुले शिक्षण गर्ने बिषयबारे शैक्षणिक पद्धति र त्यसको मुल्यांकनमा उचित प्रकृया अपनाउन सकिएन भने राम्रो गर्ने बिद्यार्थीहरुको नतिजा फरक आउने र त्यसले बिद्यार्थी र शिक्षक प्रतिको दृष्टिकोणमा पनि नकरात्मक प्रभाव पर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले समय समयमा तहगत शिक्षकहरुका लागि बिषयगत तालिम संचालन गर्दा शिक्षकहरुमा शैक्षणिक पद्धतिमा देखापरेका नविनतम प्रविधि, सामग्रीको निर्माण र त्यसको उपयोगमा उत्साह थपिने बताउनु भयो ।
यसैगरी कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसालले शिक्षकहरुको पेशागत क्षमतामा बृद्धि गरी सामुदायिक बिद्यालयहरुको नतिजा र शैक्षिकस्तर सुधार गर्न तालिम उपयोगी बन्ने बिश्वास गर्नु भयो ।
रिड नेपालका कार्यकारी निर्देशक कपिल पुरीले आधारभूत तहको शैक्षिक गुणस्तर बृद्धि गर्न गणित बिषयका शिक्षकहरुलाई बिषयगत शैक्षणिक पद्धति, मुल्यांकन, शैक्षिक सामग्रीहरुको निर्माण तथा उपयोग र गणित बिषय शिक्षण सिकाईका नविनतम आयामहरुबारे अन्तरकृयात्मक तालिम संचालन गरिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय