LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पर्वत जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको समन्वयमा पर्बत समाज युकेको आर्थिक सहयोगमा बिहादी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बिधालयका ११५ जना बिपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय पर्बत सामाजका बरिस्ठ उपाध्यक्ष दधि आचार्यले बिदेशमा रहेर आफ्नो जिल्लाका विशेषगरेर बालबालिकाको शैक्षिक गुणस्तरमा परिबर्तन ल्याउन सहयोग गरेको बताउनु भयो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले यो सानो कार्यक्रमले मात्रै शैक्षिक परिबर्तन नभएपनि सहयोग हुने र परिबर्तनका लागि आम सरोकारवालाको चेतना परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका समापन गर्दै गाउँपालिका अध्यक्ष परबिन गुरुङले पर्बत समाज यु.के ले गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले विशेषगरेर पर्बत समाज यु.के का अध्यक्ष अप्सरा एमरत्न लामिछाने, भरत पौडेल, जगदीश पौडेल लगायत युकेमा रोजगारीको शिलशिलामा रहनु हुने सहयोगि हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम नेपालीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सूचना अधिकारी एब रोजगार शाखा संयोजक हिमलाल गिरिले गर्नुभएको थियो ।
बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, अन्तर्राष्ट्रिय पर्बत समाजका बरिस्ठ उपाध्यक्ष एबं पर्बत समाज यु.के.का भुतपुर्ब अध्यक्ष दधि आचार्य लगायत गाउँपालिकाका कर्मचारी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, बिधालयका प्रधानाध्यापक एबं शिक्षक प्रतिनिधि र विद्यार्थीहरुको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय