LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

पर्वत जिल्लाको बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङको समन्वयमा पर्बत समाज युकेको आर्थिक सहयोगमा बिहादी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक बिधालयका ११५ जना बिपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय पर्बत सामाजका बरिस्ठ उपाध्यक्ष दधि आचार्यले बिदेशमा रहेर आफ्नो जिल्लाका विशेषगरेर बालबालिकाको शैक्षिक गुणस्तरमा परिबर्तन ल्याउन सहयोग गरेको बताउनु भयो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले यो सानो कार्यक्रमले मात्रै शैक्षिक परिबर्तन नभएपनि सहयोग हुने र परिबर्तनका लागि आम सरोकारवालाको चेतना परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका समापन गर्दै गाउँपालिका अध्यक्ष परबिन गुरुङले पर्बत समाज यु.के ले गरेको सहयोग प्रती कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले विशेषगरेर पर्बत समाज यु.के का अध्यक्ष अप्सरा एमरत्न लामिछाने, भरत पौडेल, जगदीश पौडेल लगायत युकेमा रोजगारीको शिलशिलामा रहनु हुने सहयोगि हातहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम नेपालीले गर्नु भएको थियो भने कार्यक्रम संचालन सूचना अधिकारी एब रोजगार शाखा संयोजक हिमलाल गिरिले गर्नुभएको थियो ।
बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, अन्तर्राष्ट्रिय पर्बत समाजका बरिस्ठ उपाध्यक्ष एबं पर्बत समाज यु.के.का भुतपुर्ब अध्यक्ष दधि आचार्य लगायत गाउँपालिकाका कर्मचारी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष, बिधालयका प्रधानाध्यापक एबं शिक्षक प्रतिनिधि र विद्यार्थीहरुको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय