LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसका बिएड तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले विहिबार सैनामैनाकै सालझण्डीमा रहेको साझा टेलिभिजन एचडीको स्थलगत अवलोकन भ्रमण गरेका छन ।
बिएड तेश्रो बर्षको इङलिस फर मास कम्युनिकेसन बिषय लिएर अध्ययनरत विद्यार्थीहरुले साझा टेलिभिजनको प्राविधिक पक्षका बिषयमा जानकारी लिएका थिए भने अध्ययन अवलोकनका लागि आएका विद्यार्थीहरुलाई साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले टेलिभिजनको बिषयमा जानकारी दिनुभएको थियो ।


क्याम्पसका प्राध्यापक दिनेश पन्थीले विद्याथीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले प्राविधिक क्षेत्रको बिषयमा विद्यार्थीलाई जानकारी दिन अध्ययन अवलोकनको लागि साझा टेलिभिजनको भ्रमण गराएको बताउनु भयो । उहाँले साझा टेलिभिजनमा आएर सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान समेत विद्यार्थीले हासिल गरेको भन्दै अवलोकनको लागि सहजता प्रदान गरेकोमा साझा टेलिभिजनलाई धन्यवाद दिनुभयो ।

त्यस अवसरमा साझा टेलिभिजन एचडिका स्टेसन म्यानेजर नबिन घिमिरेले प्रशिक्षण दिदै रेडियो टेलिभिजनले प्रसारण गर्ने समाचार, कार्यक्रम, अन्तरबार्ता लगायत प्राविधिक बिषयमा विद्यार्थीहरुको जिज्ञासा मेटाउनु भएको थियो । उहाँले टेलिभिजन सुचना र सञ्चारको एक भरपर्दो माध्यम रहेको बताउँदै मिडियाकै माध्यमबाट खोजी पत्रकारितामार्फत समाजको रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभएको थियो ।


स्थलगत अध्ययनपछि विद्यार्थीहरुले मास मिडियाको बारेमा क्याम्पसमा अध्ययन गरेको भन्दा ब्यावहारिक र प्राविधिक पक्ष सोचे भन्दा पनि फरक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय