LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

हरैया बहुमुखी क्याम्पस संचालक समिति गठन प्रकृयाका लागि आज भएको चुनावमा टिकाराज गिरीको समूह विजयी भएको छ। ११ सदस्यिय संचालक समिति मध्ये क्याम्पस सभा सदस्यहरुबाट सात जना निर्वाचित हुने पद्धती अुनसार आज निर्वाचन भएको थियो।
हरैया बहुमुखी क्याम्पस संचलक समिति गठनका लागि गठित निर्वाचन समितिका संयोजक रामजी आचार्यका अनुसार सोही क्याम्पसका पुर्व प्राध्यापक समेत रहनु भएका गिरीको समूह विजयी भएका हुन। गिरीले १६७ मत प्राप्त गरी विजयी हुँदा वहाँका प्रतिद्वण्दी गोकर्ण बहादुर क्षेत्रीले १४०मत प्राप्त गर्नु भएको थियो।

३ बर्षे कार्यकालका लागि निर्वाचित प्रतिनीधिहरुको बैठकले ३ जना मनोनित गर्ने छ भने गाउँपालिकाका अध्यक्ष र पडा अध्यक्ष पदेन सदस्य रहने छन। संचालक समितिको सदस्य सचिवको रुपमा क्याम्पस रहने प्रावधान रहेको छ।
आज भएको निर्वाचनमा ३२६ क्याम्पस सभा सदस्य मध्ये ३०९ जनाले मतदानमा सहभागी भएका थिए । निर्वाचन अधिकृत रामजी आचार्यले दिनु भएको मत परिणाम अनुसार संचालक समितिको अध्यक्ष पदका उमेद्वार गोकर्ण बहादुर क्षेत्रीले १४० मत प्राप्त गर्नु भएको थियो भने टीकाराज गिरीले १६७ मत प्राप्त गर्नु भएको थियो। यस्तै सदस्य पदका उमेद्वार भानुभक्त भण्डारीले १३१ मत र दिपक पौडेलले १६५ मत प्राप्त गरी विजयी हुनु भएको छ।
यसैगरी उमा गौतम ढकालले १५१ मत प्राप्त गर्दा सागर शर्माले १५२ मत लिई बिजयी हुनु भएको छ भने मेष बहादुर थापाले १२८ मत ल्याउदा भोजराज उपाध्यायले १६३ मत ल्याई विजयी हुनु भएको हो।
चुडामणी जैसीले १४० मत प्राप्त गर्दा कृष्ण प्रसाद चालिसेले १५८ मत ल्याई बिजयी हुनुभएको छ। गरुराज शर्माले ११९ मत ल्याउदा देबिलाल पौडेलले १७१ मत लिई बिजयी हुनु भएको छ भने बालकृष्ण पैनीले १२८ मत प्राप्त गर्दा तिलक चन्द्र थापाले १६० मत लिएर बिजयी हुनु भएको छ। बदर मत संख्या भने २ रहेको छ।
लामो समयसम्म सर्बपक्षिय छलफल गरी सहमती मार्फत संचालक समिति गठन गर्ने प्रयास विफल भएपछि निर्वाचन समितिले निर्वाचन मार्फत टुङ्गो लगाएको हो। २०६४ सालदेखि त्रिभूवन बिश्व विद्यालयको सम्बन्धन प्राप्त गरी शिक्षा र ब्यबस्थापन बिषय पढाई हुने उक्त हरैया बहुमुखी क्याम्पसमा करिब ७ सय बिद्यार्थी अध्ययनरत रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय