LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

देशब्यापी महिला अनुपम अभियानले सैनामैनामा एक कार्यक्रम गरि अभियानको बारेमा जानकारी गराएको छ ।
आगामी २०८४ को आम निर्वाचनबाट महिलाहरुलाई नेतृत्वमा ल्याउन दवाव दिने उद्देश्यले यो अभियानले बिभिन्न स्थानका कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै अनुपम अभियानकी अभियन्ता रिता थापाले अभियानको बिषयमा प्रकाश पार्दै अनुपम अभियान अन्तरपुस्ता महिलाबादी मञ्च अन्तरगत जन्मिएको बताउनु भयो । उहाँले आफूले धेरै संस्था जन्माउँदै नेतृत्व हस्तान्तरण गर्दै आएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख बिना राना, नागरिक आवाजकी डा. सुशान्त रिजाल लगायतले बोल्दै महिला अधिकारको बिषय अव बहसमा मात्रै नभै व्यवहारमा पनि देखिनुपर्ने र कार्यान्वयनमा ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
नमूना एकीकृत विकास परिषदकी अध्यक्ष सिता भट्टराईको स्वागत रहेको कार्यक्रमको संचालन जिल्ला अपांगता महिला संघको अध्यक्ष कल्पना ढकालले गर्नुभएको थियो । अनुपम अभियानको बारेमा अभियन्ता सिता थापाले प्रकाश पार्नुभएको थियो ।
अपांगता महिला संघ बुटवल, सामुदायिक सुरक्षा जालो, रुपन्देही अपांग पुनस्र्थापना केन्द्र सैनामैना ६ कलौनी, नमूना एकिकृत बिकास परिषद र आईजीएफएफको संयुक्त आयोजनामा सैनामैनाको वडा नं. ८ स्थित सतचिन्तन प्रतिष्ठानमा अभियानको कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय