LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

देशब्यापी महिला अनुपम अभियानले सैनामैनामा एक कार्यक्रम गरि अभियानको बारेमा जानकारी गराएको छ ।
आगामी २०८४ को आम निर्वाचनबाट महिलाहरुलाई नेतृत्वमा ल्याउन दवाव दिने उद्देश्यले यो अभियानले बिभिन्न स्थानका कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै अनुपम अभियानकी अभियन्ता रिता थापाले अभियानको बिषयमा प्रकाश पार्दै अनुपम अभियान अन्तरपुस्ता महिलाबादी मञ्च अन्तरगत जन्मिएको बताउनु भयो । उहाँले आफूले धेरै संस्था जन्माउँदै नेतृत्व हस्तान्तरण गर्दै आएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख बिना राना, नागरिक आवाजकी डा. सुशान्त रिजाल लगायतले बोल्दै महिला अधिकारको बिषय अव बहसमा मात्रै नभै व्यवहारमा पनि देखिनुपर्ने र कार्यान्वयनमा ल्याउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
नमूना एकीकृत विकास परिषदकी अध्यक्ष सिता भट्टराईको स्वागत रहेको कार्यक्रमको संचालन जिल्ला अपांगता महिला संघको अध्यक्ष कल्पना ढकालले गर्नुभएको थियो । अनुपम अभियानको बारेमा अभियन्ता सिता थापाले प्रकाश पार्नुभएको थियो ।
अपांगता महिला संघ बुटवल, सामुदायिक सुरक्षा जालो, रुपन्देही अपांग पुनस्र्थापना केन्द्र सैनामैना ६ कलौनी, नमूना एकिकृत बिकास परिषद र आईजीएफएफको संयुक्त आयोजनामा सैनामैनाको वडा नं. ८ स्थित सतचिन्तन प्रतिष्ठानमा अभियानको कार्यक्रम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय