LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

देशभरीका एक सयवटा भजन समुहलाई पछि पार्दै पशुपती कोटीहोम काठमाण्डौंमा भएको भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल राधाकृष्ण भजन समूह सैनामैना १० को टोलीलाई शनिवार सम्मान गरिएको छ ।
शनिवार सैनामैना नगरपालिका वडा नं. १० सालझण्डीमा आयोजना गरिएको लोक भजन तथा सत्संग कार्यक्रमका अवसरमा प्रथम हुन सफल राधाकृष्ण भजन समूहलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले सैनामैनाको धार्मिक क्षेत्रमा रहेको ब्यक्तित्वहरुले प्रत्येक महिनाको शनिवारीय अभियान अन्तरगत धार्मिक संस्कारयुक्त समाज निर्माण गर्ने उद्देश्यले शनिवारीय कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले पशुपतिमा भएको भजन प्रतियोगितामा राधाकृष्ण भजन समूह प्रथम हुन सफल हुनु सैनामैनाकै गौरवको बिषय भएको बताउँदै सैनामैनाका आमाबुबा दाजुभाई दिदी बहिनीहरुले दिदै आएको साथ र सहयोग प्रति धन्यबाद ज्ञापन गर्नुभयो ।

राष्ट्रिय लोकभजन चुटका संरक्षण प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा राधाकृष्ण भजन समूहका अध्यक्ष दामोदर अधिकारीले देशभरीका एकसय भजन समूहलाई पछि पारेर प्रथम स्थान हासिल गर्न सफल भएकोमा यो सम्पूर्ण सैनामैनाका जनताको लागि गौरवको बिषय भएको बताउनुभयो ।

राष्ट्रिय लोकभजन चुटका संरक्षण प्रतिष्ठानले सैनामैनाका मठ मन्दिर तथा शिवालयहरुमा हरेक शनिवार नियमित रुपमा भजनकिर्तन कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय लोकभजन चुटका संरक्षण प्रतिष्ठान सैनामैनाका संयोजक बिष्णुप्रसाद घिमिरेले नेपाल अधिराज्यभरी सैनामैनामा गरिने भजनकिर्तन कार्यक्रमको प्रभाव परेको बताउँदै त्यसैका फलस्वरुप पशुपति कोटीहोममा गरिएको भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।

राष्ट्रिय लोकभजन चुटका संरक्षण प्रतिष्ठान सैनामैना
राधाकृष्ण भजन समूहले देशभरीमा प्रथम स्थान हासिल गर्दै एकलाख ११ हजार एकसय ११ रुपैया पुरस्कार समेत जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय