LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

केशब पन्थी,अर्घाखाँची
नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीको आयोजनामा नरपानीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको पुर्वसन्ध्यामा जिल्ला कार्यसमितीको बैठकको निर्णय अनुसार आज नरपानी पिकनिक स्पट एरियामा सरसफाई गरिएको हो ।

जिल्लाभित्र रहेका युनियनकर्मी, जनप्रतिनिधी, नेता कार्यकर्ता, पत्रकार लगायतको उपस्थितिमा उक्त क्षेत्रमा फालिएका फोहोर वस्तु संकलन, मैदानभित्रको घाँसलाई व्यवस्थापन गरि सरसफाई गरिएको हो ।

सरसफाई कार्य पश्चात् आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले कर्मचारी युनियनले गरेको कार्यको मुक्तकण्ठले प्रसम्शा गर्दै विभिन्न कार्यलयबाट सेवा दिदा कर्मचारिले मुस्कान सहितको सेवा दिन आग्रह गर्नुभयो । कर्मचारिले सरकारी अड्डाबाट सेवाग्राहिलाई सेवा मात्र नदिई सामाजिक कार्यमा पनि सहभागी हुने भएकाले देश निर्माणमा अहम भुमिका खेलेको धारणा राख्नुभयो ।

यस्तै जिल्ला सभापति केशव श्रेष्ठले शुभकामना मन्तव्य राख्दै कर्मचारिहरुका अधिकार प्राप्तिका निम्ति जिल्ला पार्टी सधै साथ रहने बताउदै जनताको पक्षमा काम गर्ने गरि लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल, सन्धिखर्क नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष श्रीधर महत्रा, निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य नवीन पन्थी, कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्मा, कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम निजामती कर्मचारी युनियनका जिल्ला काबा अध्यक्ष दीपक पाण्डेको अध्यक्षता र सचिव रमेश न्यौपानेको सन्चालनम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय