LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मंगलबार विहानैदेखि परेको भारी बर्षाका कारण रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा बाढी पस्नुका साथै नगर क्षेत्र डुबानमा परेको छ । पूर्व पश्चिम लोकमार्ग अन्तरगत कलौनीको मूख्य सडकमा बाढीको भेल आएपछि मंगलवार दिनभरजसो उक्त क्षेत्रमा यातायातमा कठिनाई उत्पन्न भएको छ ।

मंगलवार दिउँसो उक्त क्षेत्रमा बस ट्रक लगायत जीपकारले जोखिम मोलेरै सडक वारपार गरेपनि मोटरसाईकल, साईकल तथा पैदलयात्रुलाई जोखिम रहेको भन्दै बैकल्पिक बाटोबाट सडक पार गराइएको थियो ।

सैनामैनाको कलौनीमा गत बर्षपनि बाढीको भेल पसेको थियो । ठूलो पानी आएपछि मूख्य सडकमै बाढीको जोखिममा हुने भएकोले कुनैपनि बेला त्यस क्षेत्रमा ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले बाढी नआउने अवस्था बनाउन सम्वन्धित निकायसंग आग्रह गरेका छन ।
स्थानीय समाजसेवी एकदेव पौडेलले नक्सामा भएका ढलहरु मासेर प्लटिङका नाममा बाटो बनाउने र कतिपय ऐलानि जग्गाहरु जहाँ खोला नाला छ्न त्यहाँ समेत घर बनेकोले अहिले कलौनीमा यो अवस्था आएको बताउनु भयो ।


उहाँले सम्बन्धित निकायले आँखा चिम्म गरि बस्दा यो भयावह अबस्था आएको उल्लेख गर्दै मूख्य सडक नै बाढीको जोखिममा परेको र बस्तीमा समेत पानी पसेकोले सम्बन्धि निकायको तत्काल ध्यान जानुपर्ने बताउनुभयो । उहाँले यो समस्या समाधान गर्न धेरै ठूलो लगानी गर्नु नपर्ने र मिडियाले समेत सम्बन्धित निकायमा खबरदारी गर्नु जरुरी रहेको बनाउनु भयो ।

यसैबीच सैनामैनामा भारी बर्षाका कारण बाढी र डुबानको जोखिम बढेको भन्दै मंगलवार एक दिन नगरका सवै विद्यालय बन्द गर्नुपरेको छ ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासेले सडक तथा विद्यालय परिसरमा भएको डुबानले बालबालिकाहरू जोखिममा रहेको भन्दै मँगलबार १ दिनका लागि शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिनु परेको बताउनु भयो ।
सैनामैनामा १९ संस्थागत तथा २१ वटा सामुदायिक विद्यालय रहेका छन् । डुबानले विद्यालय बन्द गर्नुपर्दा सैनामैनामा अध्ययनरत २२ हजार बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
सैनामैनाको झारबैरा क्षेत्रमा सडक वारपार हुने गरि बाढी र डुबान परेपछि मंगलबार विहान प्रहरीले अफिस समयमा सवारी साधन इस्कर्टिङ गरेर वारपार गराएको थियो ।
त्यसैगरी भारी बर्षाका कारण सैनामैनाका धेरैजसो विद्यालय नै डुबानमा परेका छन ।
सैनामैनाको बजार क्षेत्र मुर्गिया, रानीबगिया, झारवैरा, कलौनी, सालझण्डी, लगायतका क्षेत्रमा डुबान परेको छ । सैनामैना नजिक भएर बग्ने तिनाउ, दानव, कञ्चन, घमाहा, तुलबुलिया लगायतका नदीहरूमा ठूलो बाढी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय