LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

इञ्जिनियर अरुण खनाल सैनामैना नगरपालिकामा कार्यरत हुनुहुन्छ । यही भदौ २८ गते हुने नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा लुम्बिनी प्रदेश तर्फको केन्द्रिय सदस्य पदमा उहाँले उमेदवारी दिनुभएको छ । इञ्जिनियर खनालले यसअघि नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेश समितिको दुई बर्षसम्म सदस्य भएर पनि अनुभव संगाल्नुभएको छ । खनालले पत्रकारहरुसंगको कुराकानीमा नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुको उद्देश्यका बिषयमा कुराकानी गर्दै इञ्जिनियरहरूको पेशागत हकहितको सुरक्षा र व्यवसायीक दक्षता अभिबृद्धि र विकास आफ्नो मूख्य चुनावी मुद्दा रहेको उल्लेख गर्नुभयो ।

इञ्जिनियरहरूको हकहितको सुरक्षा, इञ्जिनियरिङ पेशाको मर्यादा बृद्धि गर्ने तथा आगामी दिनमा इञ्जिनियर पेशालाई मर्यादित पेशाका रुपमा स्थापित गराउनका लागि आफ्नो उमेदवारी रहेको बताउँदै इञ्जिनियर खनालले आफू निर्वाचित भए इञ्जिनियरिङ पेशामा रहेको बिकृती अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले एक दुईजनाको कारणले समग्र इञ्जिनियरिङ पेशालाई बदनाम गराउने प्रयास आगामी दिनमा नहुने बताउँदै भएका बिकृती अन्त्य गरेर पेशालाई क्लिन पेशा बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो ।

इञ्जिनियरिङ पेशा आफैमा चुनौतिपूर्ण पेशा हो । पेशामा आबद्ध भएका इञ्जिनियरहरुका विभिन्न समस्या छन । उनीहरु बिभिन्न समस्याले पिल्सिरहनु परेको छ । बाहिरबाट हेर्दा आकर्षक पेशा लागेपनि भित्र अनेकौं समस्या छन । ती समस्यालाई सामूहिक रुपमा समाधान गर्ने प्रयास गर्नु अवको आवश्यकता हो । इञ्जिनियर अरुण खनालले पनि इञ्जिनियरहरुको सामूहिक समस्या समाधानमा आफ्नो प्रयास रहने बताउनु भयो । उहाँले आफू निर्वाचित भएपछि सवैको सल्लाह र सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।

इञ्जिनियर खनालले धर्मराज अर्यालको प्यानलबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको हो । उहाँले आफूलाई मत दिएर बिजयी बनाउन आग्रह गर्दै इञ्जिनियरिङहरूको पेशालाई बलियो बनाउन लागिरहने प्रतिवद्धता जनाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय