LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

सैनामैना नगरपालिका ८ रामापुरमा रहेको रामापुर रिभाईभल इङलिश बोर्डिङ स्कुलमा शुक्रवार हण्डिफोर तथा ब्याच बितरण कार्यक्रम सम्पन्न भएको छ ।
इन्टरेक्ट क्लव अफ तिलोत्तमा रामापुर रिभाईबलद्वारा आयोजित उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल कृष्णप्रसाद शर्मा र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले विद्यार्थीहरुलाई ब्याज बितरण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै प्रिन्सिपल कृष्णप्रसाद शर्मा र रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष देवीराम पाण्डेले रामापुर रिभाईबल स्कुलका विद्यार्थीहरुले गरेका अतिरिक्त कृयाकलापबाट विद्यार्थीमा किताबी ज्ञानमात्रै नभै सिर्जनात्मक क्षमताको विकास हुने बताउनुभएको थियो ।
स्कुलकी विद्यार्थी सिमरन भट्टराईको स्वागत, कृष शर्माको अध्यक्षता तथा बिकल्प पन्थीले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले शुक्रबारीय अतिरिक्त कृयाकलापमा समेत भाग लिएका थिए ।
त्यसै अवसरमा स्कुलमा हरेक शुक्रबार हुने अतिरिक्त कृयाकलाप अन्तरगत कृष्ण जन्माष्टमीको पूर्व सन्ध्यामा कृष्ण लिला सम्वन्धि कार्यक्रम प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले घैटोफोर कार्यक्रम समेत आयोजना गरेर शुक्रबारीय कार्यक्रमलाई रोचक बनाएका थिए । सोही अवसरमा स्कुलमा गठन भएको जुनियर रेडक्रसमा आवद्ध विद्यार्थीहरुलाई ब्याज बितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय