LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

पटौटी पाणिनी ४ रुपन्देही सम्पर्क समाज सैनामैनाको आयोजनामा शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना ११ को बनकट्टी शिवालय मन्दिरमा आयोजना गरिएको कार्यक्रमको उदघाटन ८८ बर्षकी लिलादेवी पाण्डेले तीज गीत गाएर गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले शुभकामना दिदै महिलाहरुले सुख दुःख साटासाट गर्ने माध्यमको रुपमा तीज पर्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै तीजलाई सभ्य र भब्यरुपमा मनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी पटौटी पाणिनी ४ रुपन्देही सम्पर्क समाज सैनामैनाका अध्यक्ष मणिराज घिमिरेले पछिल्लोसमय तीज भडकिलो बन्दै गएको बताउँदै अबको दिनमा महिलाहरुले तीजलाई सभ्य र भब्यरुपमा मनाउन आग्रह गर्नुभयो ।

स्वागत उपाध्यक्ष मन्जु घिमिरेले गर्नुभएको थियो भने संचालन सचिव पण्डित बिष्णु घिमिरेले गर्नुभएको थियो ।
तीजको दर खाने कार्यक्रमको संयोजन कृष्ण गैरेले गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, सम्पर्क समाजका बुटवल क्षेत्रका अध्यक्ष रामलाल अधिकारी, तिलोत्तमा क्षेत्रका अध्यक्ष शेषकान्त घिमिरे, कञ्चन क्षेत्रका अध्यक्ष भोजराज पन्थी, सिद्धार्थनगर क्षेत्रका अध्यक्ष गोपाल घिमिरे, उपाध्यक्ष शंकर शर्मा, महासचिव प्रकाश गैरे, शिवप्रसाद घिमिरे, इन्द्रबहादुर जिसी लगायतले शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा सम्पर्क समाजका आजीवन सदस्य तथा साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले समाजमा उत्कृष्ट योगदान गरेको भन्दै सम्मान गरिएको थियो । तीज मिलनको अवसरमा दिदी बहिनीहरुले तीज गीत गाएर नाच्दै मनोरञ्जन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय