LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

पटौटी पाणिनी ४ रुपन्देही सम्पर्क समाज सैनामैनाको आयोजनामा शुक्रवार तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना ११ को बनकट्टी शिवालय मन्दिरमा आयोजना गरिएको कार्यक्रमको उदघाटन ८८ बर्षकी लिलादेवी पाण्डेले तीज गीत गाएर गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले शुभकामना दिदै महिलाहरुले सुख दुःख साटासाट गर्ने माध्यमको रुपमा तीज पर्वको महत्वपूर्ण भूमिका रहेको बताउँदै तीजलाई सभ्य र भब्यरुपमा मनाउन आग्रह गर्नुभयो ।

त्यसैगरी पटौटी पाणिनी ४ रुपन्देही सम्पर्क समाज सैनामैनाका अध्यक्ष मणिराज घिमिरेले पछिल्लोसमय तीज भडकिलो बन्दै गएको बताउँदै अबको दिनमा महिलाहरुले तीजलाई सभ्य र भब्यरुपमा मनाउन आग्रह गर्नुभयो ।

स्वागत उपाध्यक्ष मन्जु घिमिरेले गर्नुभएको थियो भने संचालन सचिव पण्डित बिष्णु घिमिरेले गर्नुभएको थियो ।
तीजको दर खाने कार्यक्रमको संयोजन कृष्ण गैरेले गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाल, सम्पर्क समाजका बुटवल क्षेत्रका अध्यक्ष रामलाल अधिकारी, तिलोत्तमा क्षेत्रका अध्यक्ष शेषकान्त घिमिरे, कञ्चन क्षेत्रका अध्यक्ष भोजराज पन्थी, सिद्धार्थनगर क्षेत्रका अध्यक्ष गोपाल घिमिरे, उपाध्यक्ष शंकर शर्मा, महासचिव प्रकाश गैरे, शिवप्रसाद घिमिरे, इन्द्रबहादुर जिसी लगायतले शुभकामना दिनुभएको थियो ।
सोही अवसरमा सम्पर्क समाजका आजीवन सदस्य तथा साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले समाजमा उत्कृष्ट योगदान गरेको भन्दै सम्मान गरिएको थियो । तीज मिलनको अवसरमा दिदी बहिनीहरुले तीज गीत गाएर नाच्दै मनोरञ्जन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय