LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

चुटका भजन प्रतिष्ठान सैनामैनाको आयोजनामा शनिवार सैनामैनाको रानीबगियास्थित दुर्गा मन्दिरमा लोक भजन तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
चुटका भजन प्रतिष्ठान सैनामैनाले हरेक शनिवार सैनामैनाका मठ मन्दिरहरुमा लोक भजन तथा सत्संग कार्यक्रम गर्दै आएको छ । त्यस अन्तरगत शनिबार दुर्गा मन्दिरमा भजन तथा सत्संग कार्यक्रम गरिएको हो ।
भजन तथा सत्संग कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले चुटका भजन प्रतिष्ठान सैनामैना गठन भएपछि हरेक शनिवार सैनामैनाका मठ मन्दिरहरुमा आयोजना गरिदै आएको लोक भजन तथा सत्संग कार्यक्रमले सैनामैनाको गौरव बढाएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गरेको अधिकांश कार्यक्रममा आफू सहभागी भएको उल्लेख गर्दै चुटक भजन प्रतिष्ठानप्रति सदैव आबद्धता रहने प्रतिवद्धता जनाउनु भयो ।

दुर्गा मन्दिरका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दिरका उपाध्यक्ष भक्तबहादुर क्षेत्रीले गर्नुभएको थियो । त्यस अवसरमा चुटका भजन प्रतिष्ठान सैनामैनाका संयोजक कृष्णप्रसाद घिमिरे, सैनामैनाका रहेका मठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, वार्ड अध्यक्ष, वडा सदस्य, समाजसेवी लगायतले बोल्दै चुटकाभजन प्रतिष्ठानले गरिरहेको लोकभजन तथा सत्संग कार्यक्रमले धर्मप्रतिको जागरण बढाएको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय