LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

चुटका भजन प्रतिष्ठान सैनामैनाको आयोजनामा शनिवार सैनामैनाको रानीबगियास्थित दुर्गा मन्दिरमा लोक भजन तथा सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
चुटका भजन प्रतिष्ठान सैनामैनाले हरेक शनिवार सैनामैनाका मठ मन्दिरहरुमा लोक भजन तथा सत्संग कार्यक्रम गर्दै आएको छ । त्यस अन्तरगत शनिबार दुर्गा मन्दिरमा भजन तथा सत्संग कार्यक्रम गरिएको हो ।
भजन तथा सत्संग कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले चुटका भजन प्रतिष्ठान सैनामैना गठन भएपछि हरेक शनिवार सैनामैनाका मठ मन्दिरहरुमा आयोजना गरिदै आएको लोक भजन तथा सत्संग कार्यक्रमले सैनामैनाको गौरव बढाएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आयोजना गरेको अधिकांश कार्यक्रममा आफू सहभागी भएको उल्लेख गर्दै चुटक भजन प्रतिष्ठानप्रति सदैव आबद्धता रहने प्रतिवद्धता जनाउनु भयो ।

दुर्गा मन्दिरका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दिरका उपाध्यक्ष भक्तबहादुर क्षेत्रीले गर्नुभएको थियो । त्यस अवसरमा चुटका भजन प्रतिष्ठान सैनामैनाका संयोजक कृष्णप्रसाद घिमिरे, सैनामैनाका रहेका मठ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, वार्ड अध्यक्ष, वडा सदस्य, समाजसेवी लगायतले बोल्दै चुटकाभजन प्रतिष्ठानले गरिरहेको लोकभजन तथा सत्संग कार्यक्रमले धर्मप्रतिको जागरण बढाएको बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय