LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीका सामाजिक अभियन्ताहरुले रुपन्देहीको गैडहवा गाउँपालिका ९ लखनौती गाउँको मुसहर बस्तीमा बुधबार एक कार्यक्रमबीच झल बितरण गरेका छन ।
रुपन्देही सामाजिक अभियन्ता टिमले दुर्गम र ग्रामिण बस्तमा विभिन्न सेवा सुविधाबाट बञ्चित भएकाहरुलाई सामाजिक सेवा अन्तरर्गत विगतमा झुल बितरण, विद्यार्थीलाई ड्रेस, कापी किताब लगायत शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
बुधबार भएको झुल वितरण कार्यक्रमको संयोजन समाजसेवी मुकेश थापाको संयोजनमा भएको थियो ।
रुपन्देही सामाजिक अभियन्ताका संयोजक डोलराज भण्डारीले जनचेतना कार्यक्रम अन्तरगत गैडहवाको मुसहर बस्तीमा झुल बितरण गरेको बताउनुभयो । उहाँले अहिले सर्प र लामखुट्टेको जोखिम समेत रहेकोले सुत्दा रातीमा झुल प्रयोग गर्नुपर्छ भन्ने चेतना फैलाउन पनि झुल बितरण गरेको बताउनुभयो । त्यसैगरी कार्यक्रमको संयोजन गर्नुभएका समाजसेवी मुकेश थापाले विपन्न बस्तीमा झुल वितरण गरेपछि यहाँका बासिन्दा केही हदसम्म सुरक्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।
झुल बितरण कार्यक्रममा सामाजिक अभियन्ता पत्रकार बिजय सुनार, विष्णु रायमाझी, स्थानीय समाजसेवी सोमै मुसहर लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय