LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीका सामाजिक अभियन्ताहरुले रुपन्देहीको गैडहवा गाउँपालिका ९ लखनौती गाउँको मुसहर बस्तीमा बुधबार एक कार्यक्रमबीच झल बितरण गरेका छन ।
रुपन्देही सामाजिक अभियन्ता टिमले दुर्गम र ग्रामिण बस्तमा विभिन्न सेवा सुविधाबाट बञ्चित भएकाहरुलाई सामाजिक सेवा अन्तरर्गत विगतमा झुल बितरण, विद्यार्थीलाई ड्रेस, कापी किताब लगायत शैक्षिक सामाग्री वितरण गर्दै आएको छ ।
बुधबार भएको झुल वितरण कार्यक्रमको संयोजन समाजसेवी मुकेश थापाको संयोजनमा भएको थियो ।
रुपन्देही सामाजिक अभियन्ताका संयोजक डोलराज भण्डारीले जनचेतना कार्यक्रम अन्तरगत गैडहवाको मुसहर बस्तीमा झुल बितरण गरेको बताउनुभयो । उहाँले अहिले सर्प र लामखुट्टेको जोखिम समेत रहेकोले सुत्दा रातीमा झुल प्रयोग गर्नुपर्छ भन्ने चेतना फैलाउन पनि झुल बितरण गरेको बताउनुभयो । त्यसैगरी कार्यक्रमको संयोजन गर्नुभएका समाजसेवी मुकेश थापाले विपन्न बस्तीमा झुल वितरण गरेपछि यहाँका बासिन्दा केही हदसम्म सुरक्षित हुने अपेक्षा गरिएको बताउनुभयो ।
झुल बितरण कार्यक्रममा सामाजिक अभियन्ता पत्रकार बिजय सुनार, विष्णु रायमाझी, स्थानीय समाजसेवी सोमै मुसहर लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय