LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैनाका व्यवसायीहरुले सैनामैना नगरपालिको व्यवहारकै कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका छन ।
व्यवसायीहरुले सैनामैना नगरपालिकाले अहिलेसम्म व्यवसायीको हितमा कुनै नयाँ कार्यक्रम ल्याउन नसकेकोमा चिन्ता ब्यक्त गर्दै यही अवस्था रहे थप व्यवसायी विस्थापित हुने बताएका छन ।
व्यवसायीहरुले सैनामैना नगरपालिकामा कर तिर्न जाँदा अनेक झञ्झट लगाउने काम भैरहेको भन्दै दुई तिन बर्षदेखि कर तिर्ने बाताबरण समेत नभएकोप्रति सैनामैना नगरपालिका मौन बसेको आक्रोस ब्यक्त गरेका छन ।
सैनामैना व्यापार संघले बुधबार सैनामैनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र सुवेदीले सैनामैना नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले घरबहालको दररेटको अवस्थाका बिषयमा व्यवसायीसंग नभै घरधनीसंग कुराकानी गरेर समाधान निकाल्न आग्रह गर्दै व्यवसायीको कर तिर्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो । उहाँले सैनामैना व्यापार संघ सैनामैनाका व्यवसायीको हक हितका लागि जहाँ जान पनि तयार रहेको बताउँ बताउँदै घरबेटीले घरबहाल कर नतिरेको नाममा व्यवसायीलाई आतंकित बनाउन पाईदैन भन्नुभयो ।

सैनामैना कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष सन्तोष परियारले घरबेटीले घरबहाल कर नतिर्दा पसल भाडामा लिएर व्यवसाय गरिरहेका व्यवसायीहरुले कर तिर्न नपाउँदा व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो । परियारले सैनामैना नगरपालिकाले समस्याको गाँठो फुकाउनुपर्नेमा उल्टो व्यवसायीलाई अनेक तरिकाले दुःख दिने काम भैरहेकोमा आक्रोस पोख्नुभयो । उहाँले अहिले व्यवसाय नै धरापमा परिरहेको बेला सैनामैना नगरपालिकाले कर बढाएर व्यवसायीलाई थप समस्यामा पारेको गुनासो गर्नुभयो । उहाँले नगरपालिकाले व्यवसायीलाई विस्थापित हुनबाट रोक्न कुनै कार्यक्रम ल्याउँछ भन्ने आफूहरुले आशाा गरेकोमा उल्टो कर र दस्तुर बढाएर व्यवसायीलाई विस्थापित गराउने काम गरेको गुनासो गर्नुभयो ।

यसैगरी सैनामैना नगरपालिकामा नयाँ नेतृत्व आएपछि १० करोड बेरुजु प्ुगेको, नगरपालिकाले जनतालाई राहत दिनुपर्नेमा कर र दस्तुरका नाममा उद्योगी व्यवसायी सवैलाई समस्यामा पारेको भन्दै उद्यमी व्यवसायीले तिब्र रोष प्रकट गरेका थिए । पछिल्लोसमय सैनामैना नगरपालिकाले घरबेटीले घरबहाल कर नतिर्दा घर भाडामा लिएर व्यवसाय गरेका व्यवसायीको व्यवसाय नविकरण नगर्ने र कर तिर्न समेत नदिएर नगरपालिकाले व्यवसायीलाई विस्थापित बनाउने काम गरेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय