LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नाराका साथ विहिवार सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बक्तृत्वकला प्रतियोगितामा पुस्तकालयमा आवद्ध सातवटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
जसमा सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना ८ का विद्यार्थी एन्जल कार्की प्रथम भए भने रामापुर रिभाईबल ईंगलिश बोर्डिङ स्कुलका विद्यार्थी सिमरन भट्टराई दोश्रो भए । त्यसैगरी पशुपति माविका विद्यार्थी विवेक बेल्बासेले तेश्रो स्थान प्राप्त गरे भने प्रगति माविका विद्यार्थी प्रशान्त पौडेल सान्त्वना भए ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको बक्तृत्वकला प्रतियोगितामा पुस्तकालयका संस्थापक अध्यक्ष युवराज काफ्ले, सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, बाँसगढी टोल विकास संस्थाका अध्यक्ष कमला न्यौपाने लगायतले बोल्नुभएको थियो ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय र बाँसगढी टोल विकास संस्थाको सहआयोजनामा बक्तृत्वकला प्रतियोगिता भएको हो । बक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थीलाई भदौ १४ गते शुक्रवार हुने पुस्तकालयको बार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण गरिने पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय