LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने नाराका साथ विहिवार सैनामैना नगरपालिका वडा नंं ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बक्तृत्वकला प्रतियोगितामा पुस्तकालयमा आवद्ध सातवटा विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।
जसमा सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना ८ का विद्यार्थी एन्जल कार्की प्रथम भए भने रामापुर रिभाईबल ईंगलिश बोर्डिङ स्कुलका विद्यार्थी सिमरन भट्टराई दोश्रो भए । त्यसैगरी पशुपति माविका विद्यार्थी विवेक बेल्बासेले तेश्रो स्थान प्राप्त गरे भने प्रगति माविका विद्यार्थी प्रशान्त पौडेल सान्त्वना भए ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको बक्तृत्वकला प्रतियोगितामा पुस्तकालयका संस्थापक अध्यक्ष युवराज काफ्ले, सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, बाँसगढी टोल विकास संस्थाका अध्यक्ष कमला न्यौपाने लगायतले बोल्नुभएको थियो ।
लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय र बाँसगढी टोल विकास संस्थाको सहआयोजनामा बक्तृत्वकला प्रतियोगिता भएको हो । बक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थीलाई भदौ १४ गते शुक्रवार हुने पुस्तकालयको बार्षिकोत्सवका अवसरमा पुरस्कार वितरण गरिने पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय