LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीमा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १२ औं बार्षिक साधारण सभा तथा १७ औं पुस्तकालय दिवस शुक्रवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
सोही कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले पुस्तकालयका संस्थापक युवराज काफ्लेले आफ्नो बुवा कृष्ण काफ्लेको स्मृतिमा स्थापना गर्नुभएको कुश्माखर ट्रस्टबाट विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
ट्रस्टले पत्रकारिता, साहित्य र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने क्रमशः सन्जु पौडेल, गुरुदत्त ज्ञवाली र डाक्टर मनोहर जोशी तथा सिनियर अनमी स्मीता खनाललाई यो बर्ष नगदसहित सम्मान गरेको हो ।
त्यसैगरी विभिन्न नाम र विधामा स्थापना गरिएको पुरस्कारबाट विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिएको हो ।
पुस्तकालयको बार्षिकोत्सव, पुस्तकालय दिवस तथा पुस्तकार वितरण कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य बसन्त श्रेष्ठले पुस्तकालय दिवसको शुभकामना दिदै पुस्तकालयप्रतिको दायित्वबोध हामी सवैमा अझै बृद्धि हुन सकोस भन्नुभयो । उहाँले पुस्तकालय स्थापना भएदेखि आजसम्म जुन मेहनत र समर्पणका साथ पुस्तकालयलाई जसरी यहाँसम्म ल्याईपु¥याउनु भयो, आगामी दिनमा अझै मेहनतका साथ पुस्तकालयको विकासमा योगदान पु¥याउन आग्रह गर्दै आफ्नोतर्फबाट पनि सहयोगको प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरि कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयले समाजमा खेलेको भूमिका र गर्दै आएको कामको सराहना गर्दै आगामी दिनमा पुस्तालयको थप उन्नती र प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले विश्व सूचना संसारको युगमा प्रवेश गरिसकेको अवस्थामा गुगलमा गएर एक क्लिक गरेको अवस्थामा सम्पूर्ण कुरा प्राप्त गर्न सकिने र पढ्न पनि सकिने पहुँचमा भएकोले पुरानो मोडालिटीको पुस्तकालयलाई त्यही रुपमा लैजाने कि परिस्कृत गरेर अघि जाने भन्ने चु्नौति रहेको बताउनु भयो । उहाँले जतिबेला यो पुस्तकालयको स्थापना भयो त्यति बेला यो पुस्तकालयको त्यही रुपमा आवश्यकता थियो तर अब समयले धेरै कोल्टे फेरेकोले यो पुस्तकालयलाई परिस्कृत गर्ने हो कि भन्ने बिषयमा छलफल गर्नैपर्ने आवश्यकता औंल्याउनु भयो ।

लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालयका अध्यक्ष गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासे, पुरस्कृत चिकित्सक डाक्टर मनोहर जोशी र स्मीता खनाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको अवसरमा पुस्तकालयका संस्थापक अध्यक्ष युवराज काफ्लेले पुस्तकालयको स्थापनाको सुरुवाती चुनौतिका दिनदेखि पछिल्लोसमय कुश्माखर ट्रस्ट स्थापनाको उद्देश्य लगायत गतिबिधिमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय