LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नंं १ रानीबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन ।
कार्यक्रममा विद्यालयका सल्लाहकार खुसीराम चौधरी र प्रधानाध्यापक नेत्रलाल पुरीले पछिल्लोसमय विद्यालय सैनामैनाकै अब्बल विद्यालयको रुपमा परिचित बन्न सफल हुँदै गएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत कक्षा १२ कि विद्यार्थी कल्पना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिल्पा आचार्यले गरेकी थिइन भने कार्यक्रमको संचालन विद्यार्थीहरु सुशीला अर्याल र अस्मिता पाण्डेले गरेका थिए ।
यसैगरी बिद्यालयकै आयोजनामा शुक्रबार नै तीज गीत प्रतियोगिता समेत सम्पन्न भएको छ ।
तीज गीत प्रतियोगितामा कक्षा ४ देखि ६ कक्षातर्फ सफलराज पाण्डेको टिम प्रथम हुन सफल भएको छ । त्यसैगरी दोश्रोमा समृद्धी पन्थीको टीम भएको छ भने तेश्रोमा नविना बिकको टिम भएको छ ।
त्यसैगरी कक्षा ७ देखि १० कक्षासम्म बर्षा मरासिनीको टिम प्रथम भएको छ भने
दोश्रोमा रोशनीको टिम तथा तेश्रोमा आश्रेय जिसीको टिम तथा प्रेष्टिना आचार्यको टिम चौथो भएको छ ।
विद्यालयका सहायक प्राचार्य लक्ष्मण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिक सुनिता लम्सालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय