सैनामैना नगरपालिका वडा नंं १ रानीबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन ।
कार्यक्रममा विद्यालयका सल्लाहकार खुसीराम चौधरी र प्रधानाध्यापक नेत्रलाल पुरीले पछिल्लोसमय विद्यालय सैनामैनाकै अब्बल विद्यालयको रुपमा परिचित बन्न सफल हुँदै गएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत कक्षा १२ कि विद्यार्थी कल्पना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिल्पा आचार्यले गरेकी थिइन भने कार्यक्रमको संचालन विद्यार्थीहरु सुशीला अर्याल र अस्मिता पाण्डेले गरेका थिए ।
यसैगरी बिद्यालयकै आयोजनामा शुक्रबार नै तीज गीत प्रतियोगिता समेत सम्पन्न भएको छ ।
तीज गीत प्रतियोगितामा कक्षा ४ देखि ६ कक्षातर्फ सफलराज पाण्डेको टिम प्रथम हुन सफल भएको छ । त्यसैगरी दोश्रोमा समृद्धी पन्थीको टीम भएको छ भने तेश्रोमा नविना बिकको टिम भएको छ ।
त्यसैगरी कक्षा ७ देखि १० कक्षासम्म बर्षा मरासिनीको टिम प्रथम भएको छ भने
दोश्रोमा रोशनीको टिम तथा तेश्रोमा आश्रेय जिसीको टिम तथा प्रेष्टिना आचार्यको टिम चौथो भएको छ ।
विद्यालयका सहायक प्राचार्य लक्ष्मण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षिक सुनिता लम्सालले गर्नुभएको थियो ।







