LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नेपाल दृष्टिविहीन उत्थान संघ सैनामैना १० को २१ औं बार्षिक साधारण सभा तथा स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र सैनामैना ११ को छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार संयुक्त रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले यस क्षेत्रमा रहेका अपांगहरुको हक अधिकार रक्षा, तथा आर्थिक बिकास र सम्मृद्धिका लागि नेपाल दृष्टिविहीन उत्थान संघ र स्वावलम्बी अपांग महिला सशक्ती केन्द्रले खेलेको भूमिका सराहनीय रहेको चर्चा गर्नुभयो । उहाँले संघ र स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्रले संचालन गरेका कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले समाजमा रहेका विभिन्न बर्गका अपांगहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनैपनि कमी कमजोरी भएको भए त्यसलाई सच्याएर अपांगहरुको सेवा सुविधा पाउने अधिकारको लागि जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले सरकारले अपांगता भएका ब्यक्तिहरुको हक अधिकारलाई अगाडी बढाउने सन्दर्भमा उनीहरुको क्षमता तथा स्वास्थ्य शिक्षा र रोजगारीका विभिन्न योजना र कार्यनीति आईसकेको अवस्था भएपनि अपांगता भएकाहरुले अवसर नपाएको अवस्था रहेको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत तुलसी ज्ञवाली, झिमझिमिया भुल्केपानी खानेपानी संस्थाका अध्यक्ष कुलबहादुर घर्ती, नेपाल दृष्टिविहीन उत्थान संघका कोषाध्यक्ष शंकर रेग्मी लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता स्वावलम्बी अपांग महिला संघकी अध्यक्ष रञ्जीता रेग्मी र नेपाल दृष्टिविहीन उत्थान संघका अध्यक्ष मुक्तिनाथ पाण्डेले गर्नुभएको थियो ।
यसैबीच स्वावलम्बी अपांग महिला सशक्तीकरण केन्द्र सैनामैना ११ को छैठौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले रञ्जीता रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा समिता अर्याल, सचिव रुपा बलाल, सहसचिवमा रेखा थापा, कोषाध्यक्षमा सुशीला पन्त र सदस्यहरुमा सिर्जना पाण्डे, शिल्पा कुरावाल, निता चौधरी र भुमा खरेल हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय