लुम्बिनी प्रदेशको पहिलो टेलिभिजन साझा टेलिभिजन एच.डी. सैनामैना रुपन्देहीको आयोजनामाहरितालिका तीज पर्वको अवसरमासैनामैनाका संचारकर्मी र संचारगृह बीच शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमआईतवार सम्पन्न भएको छ।
साझा टेलिभिजन एच.डी.को आफ्नै सभाहलमा भएको कार्यक्रममा सहभागीहरुले सैनामैनामा पहिलोपटक साझा टेलिभिजनले यस प्रकारको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको बताउँदै यो कार्यक्रमले संचारकर्मी र संचारगृह तथा उद्यमीहरु बीच परिचय आदानप्रदान मात्र नभै आपसी सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।




कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले साझा टेलिभिजनले तिजको अवसरमा यस प्रकारको कार्यक्रम आयोजना गरेर सैनामैनाको संचार क्षेत्रमा पहिलो उदाहरणीय काम गरेको उल्लेख गर्नुभयो । उपप्रमुख रानाले पत्रकारिता भनेको सधै प्रतिपक्षको भूमिकामारहने भन्दै यसको धर्म भनेको सत्तापक्षले कही कतै गलत काम वा कमजोरी ग¥यो भने वाचडगको रुपमा खबरदारी गर्ने हो भन्नुभयो ।
कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कसैलाई सिध्याउन वा उसको कमजोरीको फाइदा उठाउन नभई समाज रुपान्तरणका लागि पत्रकारिता क्षेत्रले समाजमा योगदान दिनुपर्ने बताउनुभयो ।
साझा टेलिभिजनले आयोजना गरेको तीजको दर खाने कार्यक्रममले महिला संचारकर्मीलाई उत्साहित बनाउने उल्लेख गर्दै उहाँले समाजमा सकारात्मक प्रभाव पार्ने समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
यसैगरी सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसाललेजनप्रतिनिधिहरुले काम गर्ने दौरानमा कतिपय व्यवहारिक कुरालाई पनि ध्यान दिनुपर्ने बाध्यता हुने बताउँदै संचारकर्मीले त्यसैलाई कमजोरी बनाएर तिलको पहाड बनाउनेकाम गरेकोमा असन्तुष्टी जनाउनु भयो ।

उहाँले पत्रकारहरुले सधै नकारात्मक समाचारको खोजी भन्दा पनि समाजमा भएका सकारात्मक कुरालाई पनि उजागर गर्नुपर्ने उल्लेख गर्नुभयो ।
यस्तै सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेलेजनप्रतिनिधिले सवै काम राम्रो गर्छन भन्ने छैन तर राम्रो गरेको छ भने त्यसलाई राम्रो हो भनेर संचार क्षेत्रले बाहिर ल्याउन कञ्जुस्याई गर्नु हुँदैन भन्नुभयो ।
कार्यक्रममा साझा टेलिभिजन एच.डी.का संचालक सदस्य प्रेमबहादुर बानिया, उज्यालो पोष्टका अध्यक्ष मानबहादुर महत, किस एफ.एम.का प्रबन्ध निर्देशक कृष्ण भण्डारी, खवर जलेश्वरका प्रधानसम्पादक सुरेश परियार, कञ्चन खवरका प्रवन्ध संचालक जगीलाल थापा, रेडियो सैनमैनाका अध्यक्ष कमला पाण्डे लगायतले पछिल्लो समय संचारगृहरुको अवस्था कमजोर हुदै गइरहेको र स्थानीय तहबाट संचार क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा साझा टेलिभिजनका स्टेशन म्यानेजर नविन घिमिरेले संचार गृहहरु समाचार लेख्ने र प्रकाशन तथा प्रसारण गर्नेमात्र नभई समाजलाई सही दिशानिर्देश गर्ने संस्थाको रुपमा पनि बिकास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले साझा टेलिभिजनले आयोजना गरेको तिजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रमले सैनामैना र कञ्चनमा रहेका संचारकर्मी र संचारगृहहरुको बिचको एकता र सहकार्यलाई अझ बलियो बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
साझा टेलिभिजनका समाचार प्रमुख छविलाल पाण्डेको संचालन तथा बजार ब्यबस्थापक चन्दा बस्यालको स्वागतमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा तीज गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।




