LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको तीज मिलन कार्यक्रम सैनामैनाको बाबरी पार्टी प्यालेसमा मंगलवार सम्पन्न भएको छ । संघका अध्यक्ष झबिन्द्र पोखरेलको अध्यक्षतामा भएको तिज मिलन कार्यक्रम सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडका, सैनामैना ब्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रिय सचिब नारायण सेन, उपभोक्ता हित संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम लगायतले बोल्दै तीज पर्वलाई मौलिक रुपमा मनाउन आग्रह गर्नुभएको थियो ।
संघका महासचिव गोविन्द खरेलले संचालन गर्नुभएको कार्यक्रममा तीज सांगीतिक कार्यक्रम समेत प्रस्ततु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय