LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ६ मा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सैनामैना नगर क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थीका लागि बक्तृत्वकला प्रतियोगिता तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तब्य राख्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले तिज भन्ने वित्तिकै नाच्ने, गाउने र खाने कार्यक्रम धेरै हुने गरेको बताउँदै तिजको अवसरमा महिलाहरुमा जागरण ल्याउने कार्यक्रम, महिला अधिकारका कुरा, महिलामाथि भएका विभेदका कुराहरु विरुद्ध कार्यक्रम गरेको पाईदैन तर सिकाई केन्द्रले दर खाने कार्यक्रममा पनि रचनात्मक कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयो ।

गोरखनाथ सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष लता खडकाले महिलाहरुलाई कसरी साक्षर बनाउने र कसरी हाम्रो देशमा साक्षरता दर बृद्धि गर्दै शिक्षाको ज्योति फैलाउने भन्ने उद्देश्यले बक्तृत्वकला प्रतियोगिता गरेको बताउनुभयो । उहाँले आफूहरुको मूल उद्देश्य भनेकै समाज परिवर्तन गर्नु हो भन्दै त्यसका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा क्याम्पसका प्रमुख हेमबहादुर थापा, नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बेलबासे र सैनामैना नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोखरेलले सामुदायिक सिकाई केन्द्रले दरखाने कार्यक्रमका साथै बक्तृत्वकला जस्तो रचनात्मक कार्यक्रम गरेको भन्दै यस प्रकारका कार्यक्रमले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय