LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसले आयोजना गरेको तीज गीत बिशेष सांस्कृतिक कार्यक्रम तथा तीज गीत प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
तीज गीत बिशेष सांस्कृतिक कार्यक्रम तथा तीज गीत प्रतियोगितामा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका बन तथा बातावरण राज्यमन्त्री रुपा बिकले अहिले तीजका छाडा गीतले प्रश्रय पाईरहेको बताउँदै हाम्रो मौलिकपन बोकेका तीज लोकगीतहरु ओझेलमा पर्न लागेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले हामीले हाम्रो कला संस्कृतिलाई बचाएनौं भने अरु कसले संरक्षण गर्ने भन्ने प्रश्न गर्नुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले विगतको तीजभन्दा अहिलेको तीज मनाउनेक्रममा धेरै भिन्नता देखिएको बताउँदै तीजले विगतमा ब्यक्त गर्ने दुःखसुखका बेदनाका कुरा अहिलेको तीजमा हराएको बताउनु भयो । उहाँले अहिलेको तीज हुँदा खानेको तीजभन्दा हुनेखानेको तीज बन्न पुगेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन सहिद नारायण पोखरेल रामापुर क्याम्पसका सभापति मनोज बेलबासेको सभापतित्वमा भएको कार्यक्रममा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, क्याम्पसका प्रमुख हेमबहादुर थापा लगायतले बोल्नुभएको थियो ।
त्यस अवसरमा आयोजित तीज गीत प्रतियोगितामा ६ टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा बिबिएस प्रथम बर्षमा अध्ययनरत अन्जली पाण्डेको टिम प्रथम भएको छ भने बिबिएस तेश्रो बर्षमा अध्ययनरत अमृता ज्ञवालीको टिम दोश्रो भएको छ । त्यसैगरि तेश्रोमा बिएड दोश्रो बर्षमा अध्ययनरत रोमा अधिकारीको टिम भएको छ भने बिएड तेश्रो बर्षमा अध्ययनरत गीता पराजुलीको टिम सान्त्वना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय