LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

विश्व शान्ति युवा क्लव सालझण्डी रुपन्देहीको आयोजनामा तिज विशेष सांस्कृतिक मेला २०८१ मंगलवारदेखि सालझण्डीमा सुरु भएको छ ।
पशुपति स्कुलको खेल मैदानमा सुरु भएको मेला भदौ ३० गतेसम्म संचालन हुनेछ । मेलाको मंगलबार साँझ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच उदघाटन गर्नुभयो ।
मेलाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यस प्रकारका मेलाले तीजको मौलिकता संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै विश्व शान्ति युवा क्लवले समाजमा रहेको विकृति र विसंगति अन्त्य गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उक्त मेलामा कलाकारहरु शिव परियार, रामजी खाँड, पशुपति शर्मा, खुमन अधिकारी, दुर्गेश थापा, प्रिती आले, रमेशराज भट्टराई, करण परियार, अर्जुन सापकोटा, कुशल बेलबासे, प्रकाश दुतराज लगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने आयोजक विश्व शान्ति युवा क्लवले जनाएको छ ।
तीज बिशेष सांस्कृतिक मेलाका आयोजक विश्व शान्ति युवा क्लव सालझण्डीका अध्यक्ष खडकबहादुर जिसीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, मुहान सहकारी संस्थाकी सचिव नन्दा बुढा र न्यू कञ्चन आमा समूहकी उपाध्यक्ष मिना श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय